Welcome to Grace Decatur Church!

At Grace Decatur Church in Decatur, Georgia, we are dedicated to fostering a welcoming and nurturing community for individuals and families to grow in their faith.

.......................................................

AUGUST 11, 2024

LEADING - SAPPNA

WORSHIP - CHUNU

SERMON - DENISH

उत्‍पत्ति 22

अब्राहामको विश्‍वासको जाँच
1केही समयपछि परमेश्‍वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्‍नुभयो, “ए अब्राहाम।” 
तिनले भने, “म यहीँ छु।”
2उहाँले भन्‍नुभयो, “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्‍यसलाई होमबलि गर्‌।” 
3अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्‍ना कमाराहरूमध्‍येका दुई जना र छोरो इसहाकलाई साथमा लिए, र होमबलिको निम्‍ति दाउरा चिरेर परमेश्‍वरले तिनलाई भन्‍नुभएको त्‍यस ठाउँमा हिँड़े। 4तेस्रो दिन अब्राहामले हेर्दा टाढ़ामा त्‍यो ठाउँ देखे। 5तब अब्राहामले आफ्‍ना कमाराहरूलाई भने, “तिमीहरू यहीँ गधासँग बस। म र यो केटो ऊ परसम्‍म गएर पूजा गरी तिमीहरूकहाँ फर्केर आउनेछौं।”
6अब्राहामले होमबलिको दाउरा उठाएर आफ्‍नो छोरो इसहाकलाई बोकाए, र आगो र छुरी आफ्‍नो हातमा लिए। यसरी ती दुवै जना सँगसँगै गए। 7इसहाकले आफ्‍ना पिता अब्राहामलाई भने, “बुबा।”
तिनले भने, “के हो, छोरा?”
त्‍यसले भन्‍यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?”
8अब्राहामले भने, “छोरा, परमेश्‍वरले नै होमबलिको निम्‍ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए।
9परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्‍यहाँ एउटा वेदी बनाएर दाउरा तह लाएर राखे। त्‍यसपछि तिनले आफ्‍नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे।  10तब अब्राहामले आफ्‍नो छोरालाई बलि गर्न छुरी उठाए। 11तर परमप्रभुका एक जना दूतले स्‍वर्गबाट तिनलाई हपारेर भने, “ए अब्राहाम, अब्राहाम!”
तिनले भने, “म यहीँ छु।”
12उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा”, र “त्‍यसलाई केही नगर्‌। अब मैले थाहा पाएँ तैले परमेश्‍वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।”
13अब्राहामले माथितिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्‍झेर फसेको देखे। अब्राहामले गएर त्‍यस भेड़ालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि गरे। 14यसकारण अब्राहामले त्‍यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्‍छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्‍त भनिन्‍छ।
15परमप्रभुका दूतले दोस्रो पल्‍ट स्‍वर्गबाट अब्राहामलाई कराएर भने, 16परमप्रभु भन्‍नुहुन्‍छ, “मैले आफ्‍नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात्‌ तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्‍चय नै तँलाई आशिष्‌ दिनेछु।  17तेरा सन्‍तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह म तुल्‍याउनेछु। तेरा सन्‍तानले आफ्‍ना शत्रुहरूका सहरहरू कब्‍जा गर्नेछन्‌।  18तेरै सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌।” 
19त्‍यसपछि अब्राहाम आफ्‍ना कमाराहरूकहाँ फर्केर आए, र तिनीहरू उठे र बेर्शेबासम्‍म सँगसँगै गए। र अब्राहाम बेर्शेबामा बसोबास गरे।
20केही समयपछि “मिल्‍काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्‍माइन्‌” भन्‍ने कुरा अब्राहामले सुने: 21जेठो ऊज, त्‍यसको भाइ बूज, र आरामका पिता कमूएल, 22र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल। 23बतूएल रिबेकाका पिता भए। यी आठै छोरालाई अब्राहामका भाइ नाहोरबाट मिल्‍काले जन्‍माइन्‌। 24यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्‍माई।

 

................................................................

June 30, 2024

Leading - Narbada

Sermon - DinishSubject -

Subject - New life in Christ

“यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।”‭‭२ कोरिन्थी‬ ‭5‬:‭17‬ ‭NNRV‬‬

“याबेस आफ्ना दाजुभाइहरूभन्दा बढ़ी मानका थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्, किनभने तिनले भनिन्, “मैले त्यसलाई वेदनामा जन्माएँ।” याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे, “बिन्ती छ, मलाई आशिष्‌ दिएर ठूलो इलाका दिनुहोस्‌! तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस्‌।” अनि परमेश्वरले तिनको बिन्ती सुन्नुभयो।”‭‭१ इतिहास‬ ‭4‬:‭9‬-‭10‬ ‭NNRV‬‬

“हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।”‭‭यशैया‬ ‭43‬:‭19‬ ‭NNRV‬‬

“सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्‌।””‭‭प्रकाश‬ ‭21‬:‭5‬ ‭NNRV‬‬

........................................................................................................

.

May 19 2024

Leading - Chhunu

Worship - Chunu

Sermon - Dinesh

Hebrew 11 :

1अब विश्‍वासचाहिँ आशा राखिएका कुराको निश्‍चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो। 2किनकि यसै विश्‍वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्‍वरले ग्रहण गर्नुभयो।

3विश्‍वासद्वारा हामी बुझ्‍दछौं कि सारा विश्‍व परमेश्‍वरको वचनद्वारा सृष्‍टि भयो, र जो दृश्‍य छ त्‍यो अदृश्‍य कुराबाट बन्‍यो। 

 

Roman 8:1 - 8,

1यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्‍डको आज्ञा छैन। 2पाप र मृत्‍युको व्‍यवस्‍थाबाट मलाई जीवनका आत्‍माको व्‍यवस्‍थाले ख्रीष्‍ट येशूमा मुक्त पारेको छ। 3पापमय स्‍वभावले दुर्बल पारिएको हुनाले व्‍यवस्‍थाले जे गर्न सकेन परमेश्‍वरले गर्नुभयो, अर्थात्‌ उहाँले आफ्‍ना पुत्रलाई पापमय शरीरको स्‍वरूपमा पापबलिझैँ पठाउनुभयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्‍ड दिनुभयो, 4यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्‍वभावअनुसार होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं।

5किनभने पापमय स्‍वभावअनुसार चल्‍नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्‍माअनुसार चल्‍नेहरूले आत्‍माका कुरामा मन लगाउँछन्‌। 6किनभने, पापमय स्‍वभावमा मन लगाउनुचाहिँ मृत्‍यु हो, तर पवित्र आत्‍मामा मन लगाउनु जीवन र शान्‍ति हो। 7किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍वरप्रति शत्रुता हो। परमेश्‍वरका व्‍यवस्‍थाको अधीनमा त्‍यो हुँदैन, न त त्‍यो कहिल्‍यै हुन सक्‍छ। 8पापमय स्‍वभावको वशमा हुनेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्न सक्‍दैनन्‌।

................................................................................

March 30, 2024Leading - NarbadaSermon - Dinesh Subject - Easter Sunday

”शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए।“‭‭मत्ती‬ ‭28‬:‭1‬ ‭NNRV‬‬

”ठूलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्वर्गबाट तल ओर्ले, र आएर ढुङ्गो हटाएर त्यसमाथि बसे।“‭‭मत्ती‬ ‭28‬:‭2‬ ‭NNRV‬‬

”तिनको रूप बिजुलीजस्तो र पोशाक हिउँजस्तो सेतो थियो।“‭‭मत्ती‬ ‭28‬:‭3‬ ‭NNRV‬‬

”तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्य भए।“‭‭मत्ती‬ ‭28‬:‭4‬ ‭NNRV‬‬

”तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ।“‭‭मत्ती‬ ‭28‬:‭5‬ ‭NNRV‬‬

”उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।“‭‭मत्ती‬ ‭28‬:‭6‬ ‭NNRV‬‬

”तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएको छ, र उहाँ तिमीहरूभन्दा अगाडि गालीलमा जाँदैहुनुहुन्छ। तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।”“‭‭मत्ती‬ ‭28‬:‭7‬ ‭NNRV‬‬

”अनि तिनीहरू डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे।“‭‭मत्ती‬ ‭28‬:‭8‬ ‭NNRV‬‬

”अकस्मात्‌ येशूले तिनीहरूलाई भेटेर भन्नुभयो, “शान्ति!” तिनीहरू नजिक आएर उहाँका पाउ पक्रेर उहाँलाई दण्डवत्‌ गरे।“‭‭मत्ती‬ ‭28‬:‭9‬ ‭NNRV‬‬

”तब येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्नेछन्‌।”“‭‭मत्ती‬ ‭28‬:‭10‬ ‭NNRV‬‬

...............................................................

About Brother Dinish

We are excited to introduce Brother Dinish, who plays an integral role in our church community. Brother Dinish is passionate about helping individuals of all ages connect with God and each other through various activities and programs.

Youth Activities for All Ages

At Grace Decatur Church, individuals and families of all ages can participate in our vibrant youth activities. These include Sunday School, retreats, mission trips, and social events that cater to different age groups.

Special Events for Newcomers

Newcomers to the church are warmly welcomed with special events and programs designed to help them integrate into our community. Whether you're new to the area or seeking spiritual connection, we have something for you.

Experience the Grace Decatur Community

Join us for an uplifting worship service, engage in a Bible Study Group, or participate in our dynamic youth programs. We look forward to welcoming you!