Welcome to - Grace Decatur Church

 

At Grace Decatur Church, we are dedicated to fostering a welcoming and nurturing community where individuals and families can grow in their faith. Our mission is centered around creating a space where everyone can connect with God and each other through various activities and services.

Mission and Vision

MT 28:18-20,  18तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ। 19यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,  20मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”

...........................................................................................................................................

LK 10:1-20, 

1यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्‍नुभएको हरेक सहर र गाउँमा आफूभन्‍दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो। 2उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌।  3जाओ, हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाका पाठाहरूझैँ पठाउँछु।  4न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर। 

5 “जुन घरमा पस्‍छौ पहिले भन, ‘यस घरलाई शान्‍ति होस्‌!’ 6यदि त्‍यहाँ शान्‍तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्‍ति त्‍यससँग रहनेछ, तर रहेनछ भने त्‍यो शान्‍ति तिमीहरूकहाँ नै फर्किआउनेछ। 7तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्‍यसै घरमा बस। किनभने खेताला आफ्‍नो ज्‍यालाको योग्‍य हुन्‍छ। घर-घर नपसी हिँड़। 

8 “जब तिमीहरू कुनै सहरमा पस्‍छौ, र तिनीहरूले तिमीहरूलाई स्‍वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ, 9त्‍यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्‍वरको राज्‍य तिमीहरूका नजिक आइपुगेको छ।’ 10तर जब तिमीहरू कुनै सहरमा पस्‍छौ, र तिनीहरूले तिमीहरूलाई स्‍वागत गर्दैनन्, तब निस्‍केर त्‍यस सहरका सड़कहरूमा जाओ, र भन,  11‘हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धूलोसमेत हामी तिमीहरूका विरुद्धमा टकटक्‍याउँछौं। तापनि यो जान, कि परमेश्‍वरको राज्‍य नजिकै आइपुगेको छ।’ 12म तिमीहरूलाई भन्‍दछु, त्‍यस दिन त्‍यस सहरको भन्‍दा सदोमको हालत सहनीय हुनेछ। 

13 “धिक्‍कार तँलाई, खोराजीन! धिक्‍कार तँलाई, बेथसेदा! किनकि तिमीहरूमा भएका सामर्थ्‍यका काम टुरोस र सीदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्‌ग्रा लाएर खरानीमा बसी पश्‍चात्ताप गर्नेथिए।  14तर न्‍यायको दिनमा तिमीहरूको भन्‍दा त टुरोस र सीदोनको हालत सहनीय हुनेछ। 15अनि तँ, कफर्नहुम! के तँ आकाशमा उचालिने र? तँ पातालमा खसालिनेछस्‌। 

16 “जसले तिमीहरूका कुरा सुन्‍छ, त्‍यसले मेरो कुरा सुन्‍छ। जसले तिमीहरूलाई अस्‍वीकार गर्दछ, त्‍यसले मलाई अस्‍वीकार गर्दछ, र जसले मलाई अस्‍वीकार गर्दछ, त्‍यसले मलाई पठाउनुहुनेलाई अस्‍वीकार गर्दछ।” 

17ती सत्तरी जना आनन्‍दसाथ फर्केर आई यसो भने, “प्रभुज्‍यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्‌।”

18उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्‍वर्गबाट बिजुलीझैँ खसिरहेको देखें। 19मैले तिमीहरूलाई सर्पहरू र बिच्‍छीहरू कुल्‍चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।  20तापनि दुष्‍टात्‍माहरू तिमीहरूको वशमा छन्‌ भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्‍वर्गमा लेखिएका छन्‌ भनेर नै रमाओ।”

Our Mission

Our mission at Grace Decatur Church is to create a supportive and inclusive community where individuals can strengthen their relationship with God and each other.

Our Vision

Our vision is to be a beacon of hope and encouragement, guiding all who seek faith and connection to find solace and purpose in our community.

Join Us for Sunday Worship

Come and join us for our Sunday Worship Service led by Bal Tamang, with uplifting worship by Chhunu Tamang and a sermon on Encouragement by Simon Thapa. Our service starts at 10:30 am and runs until 12 pm.

Bible Verses to Inspire

  • 1 Thessalonians 5:11
  • Isaiah 40:31
  • Deuteronomy 31:8
  • Isaiah 43:2
  • Joshua 1:9
  • 2 Corinthians 1:3-4
  • ...

Experience Grace Decatur Church Today

Join our welcoming community and embark on a journey of faith and fellowship.