Welcome to Ps. Damber's Sermon

We are excited to share with you the key points from Ps. Damber's sermon on July 7th. The sermon focused on the theme of Encouragement, drawing inspiration from various verses such as 1 Thessalonians 5:11, Isaiah 40:31, and Deuteronomy 31:8.

Ps. Damber delivered a powerful message of hope and strength, reminding us of God's promises and encouraging us to trust in His guidance and love.

Youth Programs at Grace Decatur Church

Our Youth Programs at Grace Decatur Church offer a range of activities for young members to engage with their faith and community. From Sunday School to mission trips and social events, there are opportunities for every young individual to grow spiritually and build lasting connections.

Our Youth Programs at Grace Decatur Church offer a range of activities for young members to engage with their faith and community. From Sunday School to mission trips and social events, there are opportunities for every young individual to grow spiritually and build lasting connections.

Our Youth Programs at Grace Decatur Church offer a range of activities for young members to engage with their faith and community. From Sunday School to mission trips and social events, there are opportunities for every young individual to grow spiritually and build lasting connections.

Date - 09/08/2024

Leading - Maya

Sermon - Damber

“त्‍यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्‍त्र धारण गर। किनभने, “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।””
‭‭१ पत्रुस‬ ‭5‬:‭5‬ ‭NNRV‬‬


Joining a Bible Study Group

If you are interested in joining a Bible Study Group at Grace Decatur Church, we encourage you to sign up on our website or contact the church office for more information. These groups provide a wonderful opportunity to delve deeper into the Word of God and connect with fellow believers in a supportive environment.

...............

July 28 - 2024

Sermon - Damber 

Like 12:19 - 21

Rom 12:2

1 Jn 2:15

2 Tim 2:22

..................................................................

June 16 , 2024

Leading - Dinish Rai

Sermon - Damber

“जीवनको मार्गले बुद्धिमान्‌लाई उँभोतिर डोर्याउँछ, त्यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ।”‭‭हितोपदेश‬ ‭15‬:‭24‬ ‭NNRV‬‬

“परमेश्वर ढाँट्‌नुहुन्न, कारण उहाँ मानिस हुनुहुन्न, उहाँले मन बद्‌लनुहुन्न, कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न। उहाँले भन्नुभएपछि के त्यो गर्नुहुन्न र? अथवा उहाँले प्रतिज्ञा गर्नुभएपछि के त्यो पूरा गर्नुहुन्न र?”‭‭गन्ती‬ ‭23‬:‭19‬ ‭NNRV‬‬

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

May 5 th 2024

Leading - Bal Tmg

Worship - Maya Tmg

Sermon - Damber

Subject - Hami Bhera ( sheep) Hau

”येशू जैतून डाँड़ामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ?”“‭‭मत्ती‬ ‭24‬:‭3‬ ‭NNRV‬‬

”स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्‌।“‭‭मत्ती‬ ‭24‬:‭35‬ ‭NNRV‬‬

”किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,“‭‭मत्ती‬ ‭24‬:‭38‬ ‭NNRV‬‬

”यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।“‭‭मत्ती‬ ‭24‬:‭44‬ ‭NNRV‬‬

...............................................................

Worship - February 18, 2024

Leading - Chhunu

Sermon - DAMBER

Subject - Heart

”मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र?“‭‭यर्मिया‬ ‭17‬:‭9‬ ‭NNRV‬‬

”भाइ हो, होश गर, तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढ़ा नलैजाओस्‌।“‭‭हिब्रू‬ ‭3‬:‭12‬ ‭NNRV‬‬

”किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’“‭‭मत्ती‬ ‭13‬:‭15‬ ‭NNRV‬‬

”तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ।“‭‭याकूब‬ ‭1‬:‭14‬-‭15‬ ‭NNRV‬‬

”“हरेक मानिसलाई त्यसको चालअनुसार र त्यसका कर्मको फलअनुसार इनाम दिनलाई म परमप्रभु मानिसको हृदय तलाश गर्छु, त्यसका मनको म जाँच गर्छु।”“‭‭यर्मिया‬ ‭17‬:‭10‬ ‭NNRV‬‬

”परमप्रभु घोषणा गर्नुहुन्छ, “अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।”“‭‭योएल‬ ‭2‬:‭12‬ ‭NNRV‬‬

.............................................................................

AUGUST - 27, 2023

LEADING - MANU

SERMON - PS. DAMBER

1यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। ROM 12:12यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।3किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्‌। 4किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन, 5त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं। 6हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार, 7सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, 8अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले म गर्नेले खुशीसित।…..REV 14/13, 13अनि स्वर्गबाट आएको यस्तो आवाज मैले सुनें, “यो लेख: अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्‌।” आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले आ-आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्‌।”………….2TIM 2/5, 5प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन।

........................................................................

4th - Week April - 2023

Leading - Manu

Sermon - DAMBER

“जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।””‭‭लूका‬ ‭19‬:‭5‬ ‭NNRV‬‬

“सन्तहरूको खाँचोमा सहायता देओ, अतिथिसत्कार कायम राख।”‭‭रोमी‬ ‭12‬:‭13‬ ‭NNRV‬‬

“आफै पनि तिनीहरूसँग कैदमा परेझैँ झ्यालखानमा हुनेहरूको ख्याल राख, र आफैले दुःख-भोग गरेझैँ अत्याचारमा परेकाहरूलाई पनि सम्झ। किनकि तिमीहरू आफै पनि शरीरमा छौ।”‭‭हिब्रू‬ ‭13‬:‭3‬ ‭NNRV‬‬

“जसले जस्तो वरदान पाएको छ, परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारेझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।”‭‭१ पत्रुस‬ ‭4‬:‭10‬ ‭NNRV‬‬

.............................................................

4th - Week March - 2023

Leading - Bal Tamang

Sermon - Damber Mongar

Subject - Test

“केही समयपछि परमेश्वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्नुभयो, “ए अब्राहाम।” तिनले भने, “म यहीँ छु।””‭‭उत्पत्ति‬ ‭22‬:‭1‬ ‭NNRV‬‬

“उहाँले भन्नुभयो, “तेरो छोरो, अर्थात्‌ तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्‌।””‭‭उत्पत्ति‬ ‭22‬:‭2‬ ‭NNRV‬‬

“यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ,”‭‭रोमी‬ ‭5‬:‭3‬ ‭NNRV‬

“उनले भने, “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही नगर्‌। अब मैले थाहा पाएँ तैले परमेश्वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌।””‭‭उत्पत्ति‬ ‭22‬:‭12‬ ‭NNRV‬‬

“इसहाकले आफ्ना पिता अब्राहामलाई भने, “बुबा।” तिनले भने, “के हो, छोरा?” त्यसले भन्यो, “यी आगो र दाउरा त छन्, तर होमबलिको थुमाचाहिँ खोइ?””‭‭उत्पत्ति‬ ‭22‬:‭7‬ ‭NNRV‬‬

“अब्राहामले भने, “छोरा, परमेश्वरले नै होमबलिको निम्ति थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुवै सँगसँगै गए।”‭‭उत्पत्ति‬ ‭22‬:‭8‬ ‭NNRV‬‬

“यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ।”‭‭उत्पत्ति‬ ‭22‬:‭14‬ ‭NNRV‬‬

“परमप्रभु भन्नुहुन्छ, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात्‌ तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष्‌ दिनेछु।”‭‭उत्पत्ति‬ ‭22‬:‭16‬ ‭NNRV‬‬

“तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह म तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन्‌।”‭‭उत्पत्ति‬ ‭22‬:‭17‬ ‭NNRV‬‬

“तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌।””‭‭उत्पत्ति‬ ‭22‬:‭18‬ ‭NNRV‬‬

“परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आईस्‌?” त्यसले भन्यो, “पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।” तब परमप्रभुले शैतानलाई सोध्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई याद गरिस्‌? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन।””‭‭अय्यूब‬ ‭1‬:‭7‬-‭8‬ ‭NNRV‬‬

“विश्वासद्वारा आफ्नो परीक्षा हुँदा अब्राहामले इसहाकलाई बलि चढ़ाए। उनले प्रतिज्ञाहरू पाएका थिए, तापनि आफ्नो एउटै छोराको बलि चढ़ाउन उनी तयार भए।”‭‭हिब्रू‬ ‭11‬:‭17‬ ‭NNRV‬‬

.....................................................

3rd - Week February - 2023

Leading - Manu Rai

Sermon - Damber Mongar

“आफूले गरेका खराबीहरूका निम्ति तिनीहरू आफैले पनि खराबी भोग्नेछन्‌। दिउँसै भोग-विलासमा मग्न रहनु यिनीहरू खुशीको कुरा ठान्छन्‌। तिनीहरू धब्बा र खोटहरू हुन्, र तिमीहरूसँग भोजमा बस्दा तिनीहरू बेसरी खाँदै पिउँदै विलासितामा मग्न रहन्छन्‌।”‭‭२ पत्रुस‬ ‭2‬:‭13‬ ‭NNRV‬‬

““हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु। अघि-अघिका कुराहरूको सम्झना हुनेछैन, न त ती मनमा आउनेछन्‌।”‭‭यशैया‬ ‭65‬:‭17‬ ‭NNRV‬‬

“त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए।”‭‭उत्पत्ति‬ ‭11‬:‭1‬ ‭NNRV‬‬

“त्यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्त जीवन।”‭‭मर्कूस‬ ‭10‬:‭30‬ ‭NNRV‬‬

“अनि एक जना कुष्ठरोगी उहाँकहाँ आएर घुँड़ा टेक्दै यसो भनेर बिन्ती गर्यो, “तपाईंले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।””‭‭मर्कूस‬ ‭1‬:‭40‬ ‭NNRV‬‬

...

November - 27/2022

Leading - Bal Tamang

Sermon - Damber Mongar

“यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।”‭‭रोमी‬ ‭12‬:‭1‬ ‭NNRV‬‬

“यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक। किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्‌। किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन, त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं। हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार, सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।”‭‭रोमी‬ ‭12‬:‭2‬-‭8‬ ‭NNRV‬‬

...................................................

October 16, 2022

Leading - Yam

Worship - Chunu

Sermon - Damber

पिताहरू, म तिमीहरूलाई लेखिरहेछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु, किनभने तिमीहरू बलिया छौ, र परमेश्वरको वचन तिमीहरूमा रहन्छ, र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। -१ यूहन्ना 2 : 14

मिश्रदेशको धन-सम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान्‌ सम्पत्ति ठाने। किनभने तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए। -हिब्रू 11 : 26

जो मानिस आत्मिक छैन, त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्‌, र त्यसले ती बुझ्न सक्दैन, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ। -१ कोरिन्थी 2 : 14

अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ। -एफिसी 2 : 22

......................................................

2ND - WEEK SEPTEMBER - 2022

Sermon - Damber

“यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।”‭‭रोमी‬ ‭12:1-2‬ ‭NNRV‬‬

“यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ।”‭‭एफिसी‬ ‭5:17‬ ‭NNRV‬‬

“तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु।”‭‭१ यूहन्ना‬ ‭5:13‬ ‭NNRV‬‬

..........................................................

2nd -WEEK JUNE - 2022

Sermon - Damber

बिष्या = बप्तिस्मा

1 ) पानीको बप्तिस्माले ख्रीष्टसॅंग तपाईको परिचय गराउॅंछ!

— 1 कोरिन्थी 1:13 के ख्रीष्ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भयौ र?”

2 ) पानीको बप्तिस्मा चहि तपाई ख्रीष्टको मृत्युसॅंग एक भएको!

रोमी 6:3 “के तिमीहरू जान्दैनौ हामी सबै, जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं?” — २ ) कोरिन्थि 5:17 “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।”

3 ) पानीको बप्तिस्माको अर्थ पुरानो मानिस ख्रीष्टसॅंगै क्रसमा टॅंगेको छ !

— रोमी 6:6 हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं।”

4 ) पानीको बप्तिस्माको अर्थ तपाई अब पापको दास हुनुहुन्न!

— रोमी 8:1 “यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।” रोमी 7:15 “म के गर्दछु, त्यो बुझ्दिनँ। किनकि म जे चाहन्छु, त्यो गर्दिनँ। तर त्यही गर्दछु, जो म घृणा गर्दछु।

5 ) पानीको बप्तिस्माको अर्थ हो पुरानो मानिस मरेको छ अब हामी पापबाट स्वतन्त्र भएको छौ!

— रोमी 6:7 “किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ।”

6 ) पानीको बप्तिस्माको मतलब अब उप्रान्त ख्रीष्टको निम्ति नयॅं जीवन जीउदै हुनुहुन्छ!

— रोमी 6:8 “तर यदि हामी ख्रीष्टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं।”

.....................................................

 

2ND - WEEK MAY - 2022

Sermon - Damber

बिष्या = मानिसबाटको उद्दार

हितोपदेश 11:24 कोही मानिसले उदार हातले दिन्छ र अझ बढ़ी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन, र दरिद्रतामा पर्छ।”

— ‭‭हितोपदेश‬ ‭11:25 “उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ।”

— ‭‭ परमेश्वारबाटको उद्दार येशुले फिरौतीको बलिदानको रूपमा आफ्नो जीवन अर्पण गरेर वफादार मानिसहरूको लागि उद्धार पाउने बाटो खोलिदिनुभयो। त्यसैले बाइबलमा उहाँलाई “संसारको उद्धारक” भनिएको छ।

— 1 यूहन्न 4:14 “हामीले देखेका छौं, र गवाही दिन्छौं, कि पिताले आफ्ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ।” उहाँबारे यसो पनि भनिएको छ: “उहाँबाहेक अरू कसैद्वारा उद्धार हुन सक्दैन, किनकि स्वर्गमुनि मानिसहरूमध्ये कसैलाई अर्को कुनै नाम दिइएको छैन, जुन नाम लिएर हामीले उद्धार पाउन सक्छौँ।

— प्रेरित 4:12 “अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”” येशुले उहाँमाथि विश्वास गर्ने “हरेक मानिसको लागि मृत्यु चाख्नुभयो।”

— युहन्न 3:16 ““किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्‌।” त्यसपछि “परमेश्वरले उहाँलाई मृत्युबाट ब्यूँताउनुभयो” र उहाँ अदृश्य व्यक्तिको रूपमा स्वर्ग फर्कनुभयो।

— प्रेरित 3:15 “र जीवनका कर्तालाई तपाईंहरूले मार्नुभयो, जसलाई परमेश्वरले मृतकबाट बिउँताउनुभयो, हामी यसका साक्षी छौं।” येशु अहिले स्वर्गमा हुनुहुन्छ र “उहाँमार्फत परमेश्वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैँ जीवित हुनुहुन्छ।”

—हिब्रू 7:25 “फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्छ।”

— रोमी 81 “यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।”

— ‭‭रोमी‬ ‭8:2 पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रीष्ट येशूमा मुक्त पारेको छ।”

......................................................

2ND - WEEK FEBRUARY - 2022

DAMBER MONGAR

- बिष्या => उदार र धन्यवादी ह्रदय!

— मत्ती 15:32 “तब येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “म यस भीड़लाई टिठ्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज तीन दिन भयो, अनि यिनीहरूसित खानलाई केही छैन। यिनीहरूलाई भोकै पठाउन म चाहन्नँ। नत्रता तिनीहरू बाटोमा लखतरान होलान्‌।””

— ‭‭मत्ती‬ ‭15:33 “चेलाहरूले उहाँलाई भने, “यस्तो ठूलो भीड़लाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने?”

‭‭मत्ती‬ ‭15:34 “येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्‌?” तिनीहरूले भने, “सात वटा रोटी र केही ससाना माछा छन्‌।””

— ‭‭मत्ती‬ ‭15:35 “उहाँले भीड़लाई भूइँमा बस्ने आज्ञा दिनुभयो।” — ‭‭मत्ती‬ ‭15:36 “उहाँले ती सात रोटी र माछा लिएर धन्यवाद चढ़ाउनुभएपछि भाँचेर चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए।”

— ‭‭मत्ती‬ ‭15:37 “तिनीहरू सबैले खाए र तृप्त भए। र उब्रेका टुक्राहरू तिनीहरूले सात डालाभरि उठाए।”

— ‭‭मत्ती‬ ‭15:38 “स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू चार हजार पुरुषहरू थिए।”

— यूहन्न 11:41 “तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्तिर नजर उठाएर भन्नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो बिन्ती सुन्नुभयो।” (सुन्नुभयो)

— ‭‭यूहन्ना‬ ‭11:42 “मलाई थाहा छ, कि तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरून्‌।””

— ‭‭यूहन्ना‬ ‭11:43 “अनि यो कुरा भन्नुभएपछि उहाँ उच्च सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्की आऊ।””

२ कोरिन्थी 9:6 “तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ।”

— ‭‭२ कोरिन्थी‬ ‭9:7 “अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।”

— ‭‭२ कोरिन्थी‬ ‭9:8 “परमेश्वरले तिमीहरूलाई हरेक आशिष्‌ प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक।”

— ‭‭२ कोरिन्थी‬ ‭9:9 यसरी लेखिएको छ, “उसले छर्छ, र गरीबहरूलाई दिन्छ, उसको धार्मिकता सदासर्वदै रहिरहन्छ।”” — ‭‭२ कोरिन्थी‬ ‭9:10 “छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ।”

— ‭‭२ कोरिन्थी‬ ‭9:11 “तिमीहरूको ठूलो उदारताको निम्ति हरेक कुरामा तिमीहरू धनी तुल्याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्वरमा चढ़ाउने धन्यवाद उत्पन्न गराउनेछ।”

— ‭‭२ कोरिन्थी‬ ‭9:12 “यस सेवाको कामले सन्तहरूको अभाव पूरा हुन्छ। त्यति मात्र होइन, परमेश्वरप्रति धेरै धन्यवादका भावना उर्लेर आउँछन्‌।

...........................................................

2nd - WEEK FEBRUARY - 2022

Sermon - Damber

बिष्या = के संगतिमा भेलाहुनै पर्छ र ? 1 ) संगतिमा भेला हुनू एक नभई नहुने अनुशासन हो हिब्रू 10:25 “कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्साहन देओ।” — ‭‭हिब्रू‬ ‭10 :32-33, 32ती अघिका दिनहरूलाई सम्झ, त्यस बेला प्रकाश पाएपछि तिमीहरू कष्टहरूसहित कठोर सङ्घर्षमा स्थिर रहेका थियौ। 33कहिले त निन्दा र कष्टहरूले अरूको तमाशा बनाइएका थियौ भने कहिलेचाहिँ त्यस्तै अवस्थामा परेकाहरूसँगसँगै सहभागी भएका थियौ।

— प्रेरित 2:41 “तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको संख्यामा थपिए।”

— ‭‭प्रेरित‬ ‭2:42 “तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे।”

2 ) संगति उत्साहको ठाउॅं हो! — ‭‭हिब्रू 10:25 “कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्साहन देओ।”

3 ) संगतिमा तपाईले वरदान चलाउने ठाउॅं भेट्टाउनुहुन्छ! — रोमी 1:11 “किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्‌ने उत्कट इच्छा गर्दछु।” — ‭‭रोमी‬ ‭1:12 “यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्परिक विश्वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्साहन पाउन सकौं।” — ‭‭रोमी 12:3 “किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्‌।” — ‭‭रोमी‬ ‭12:4 “किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन,”

— ‭‭रोमी‬ ‭12:5 “त्यसरी नै हामी जो धेरै छौं, हामी पनि ख्रीष्टमा एउटै शरीर हौं, र प्रत्येक एक-अर्काका अङ्ग हौं।” — ‭‭रोमी‬ ‭12:6 “हामीलाई दिइएको अनुग्रहअनुसार अलग-अलग वरदानहरू हामी प्रयोग गरौं। अगमवाणीको हो भने, विश्वासको परिमाणअनुसार,” — ‭‭रोमी‬ ‭12:7 “सेवाको हो भने, सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा,” — ‭‭रोमी‬ ‭12:8 “अर्ती दिनेले अर्ती दिने काममा, दान दिनेले उदारचित्तले, शासन गर्नेले दत्तचित्तसाथ, कृपाको काम गर्नेले खुशीसित।”

4 )सगतिमा परमेश्वरको उपस्थितीसित तपाईको जम्काभेट हुदछ! — मत्ती 18:20 “किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।””

— ‭ 1 कोरिन्थी 14:26 “भाइ हो, अब हामी के भनौं त? तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन, वा शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोलाइ हुन्छ। यी सबै कुरा आत्मिक वृद्धिको निम्ति गरिऊन्‌।” — ‭‭भजनसंग्रह 92:12 “धर्मीचाहिँ खजूरको बोटझैँ लहलह हुन्छ, तिनीहरू लेबनानको देवदारुजस्तै बढ्‌छन्‌,” — ‭‭भजनसंग्रह‬ ‭92:13 “तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्छन्‌, हाम्रा परमेश्वरका चोकहरूमा तिनीहरू मौलाउँछन्‌।” — ‭‭भजनसंग्रह‬ ‭92:14 “बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्छन्‌, र तिनीहरू ताजा र हरिया रहन्छन्‌,”

— ‭‭हिब्रू 10:39 “तर हामी पछि हट्‌ने र विनाश पारिनेहरूमध्येका होइनौं, तर विश्वास गरी बचाइएकाहरूमध्येका हौं।”

— ‭याकूब 5:16 “यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।”

....................................................................

5th - JANUARY ONLINE SERVICE - 2022

Sermon - Damber

अब्राहामको विश्वास — रोमी 4:1 “अब, शरीरअनुसारका हाम्रा पुर्खा अब्राहामको सम्बन्धमा हामी के भनौं त?” — ‭‭रोमी‬ ‭4:2 “यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए उनलाई घमण्ड गर्ने केही ठाउँ रहनेथियो, तर परमेश्वरको अगाडि त होइन।” — ‭‭रोमी‬ ‭4:3 “किनकि पवित्र-शास्त्रले के भन्छ? “अब्राहामले परमेश्वरमाथि विश्वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो।”” ‭‭रोमी‬ ‭4:4 “अब काम गर्नेले जुन ज्याला पाउँछ त्यो दान होइन, तर त्यो उसको पाउने हक हो।” — ‭‭रोमी‬ ‭4:5 “जसले कर्मचाहिँ गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि भरोसा राख्तछ, त्यस्तो मानिसको विश्वास धार्मिकता गनिन्छ।” (1) विश्र्वावले तपाईलाई धर्मी तुल्याएको छ! (2) विश्र्वासले तपाईमा अनुग्रह खोल्दछ रोमी 4:16 “त्यसैले यो प्रतिज्ञा विश्वासमाथि निर्भर गर्दछ, यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहामका सबै वंशहरूका निम्ति पक्का होस्‌। यो प्रतिज्ञा व्यवस्था पालन गर्नेहरूका निम्ति मात्र नभएर अब्राहामको जस्तो विश्वासमा हुनेहरूका निम्ति पनि हो, किनकि अब्राहाम हामी सबैका पिता हुन्‌।”

(3) विश्र्वासले परमेश्वारको योग्यतामा भर पर्दछ — रोमी 4:17 “जसो लेखिएको छ, “मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु।” जुन परमेश्वरमाथि अब्राहामले विश्वास गरे, उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्‌। उहाँले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ, र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ।”

(4)आशाले विश्र्वासलाई जिॅंउदो राख्दछ — रोमी 4:18 ““तेरा सन्तान पनि यस्तै असंख्य हुनेछन्‌” भनेर परमेश्वरले भन्नुभएअनुसार, आशा पटक्कै नहुँदा पनि अब्राहामले आशा राखी विश्वास गरे, र यसरी उनी धेरै जातिहरूका पिता बने।” (5) महिमा दिनुले विश्र्वासलाई दह्रिलो राख्दछ — रोमी 4:19 “प्राय: सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्वासमा कमजोर भएनन्‌।” — ‭‭रोमी‬ ‭4:20 “परमेश्वरको प्रतिज्ञाबारे कुनै शङ्काले उनलाई डगमगाउन सकेन, तर आफ्नो विश्वासमा दह्रिलो भएर उनले परमेश्वरलाई महिमा दिए।” (6) अब्राहामले जे पाए तपाईले पनि पाउन सक्नुहुनेछ — रोमी 4:21 “प्रतिज्ञा गर्नुभएको कुरा परमेश्वरले गर्न पनि सक्नुहुन्छ भन्ने अब्राहामलाई पूरा निश्चय थियो।” — ‭‭रोमी‬ ‭4:22 “यसैकारण पनि उनको विश्वास “उनको निम्ति धार्मिकता गनियो।”” — ‭‭रोमी‬ ‭4:23 “धार्मिकता “गनिएको हो” भन्ने यो वचन उनैको खातिर मात्र लेखिएको होइन,” — ‭‭रोमी‬ ‭4:24 “तर हाम्रा निम्ति पनि हो। हामी जसले येशू हाम्रा प्रभुलाई मरेकाहरूबाट जीवित पार्नुहुनेमाथि विश्वास गर्छौं, यो हाम्रा निम्ति पनि गनिनेछ। आमोन ! आमोन ! आमोन

....................................................................

2nd -WEEK JANUARY - 2022

Sermon - Damber

स्थानीय मण्डली भनेको के हो ?= नया जन्म भएको वीस्वासी एक साथ भएर सेवा गर्ने ठाउॅंलाई स्थानीय मण्डली भनेनिछ । स्थानीय मण्डली किन चहाहिन्छ ?

— 1 तिमोथी 3 : 15 “ताकि कतै म ढिलाएँ भने पनि परमेश्वरको घराना, जो जीवित परमेश्वरको मण्डली हो र सत्यको खामो र आड़ हो, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीले जानिराख।”

— ‭‭यूहन्ना 21 : 16 “उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ?” तिनले उहाँलाई भने, “ज्यू, प्रभु, तपाईं जान्नुहुन्छ, म तपाईंलाई प्रेम गर्छु।” उहाँले तिनलाई भन्नुभयो, “मेरा भेड़ाहरूको हेरचाह गर।””

— ‭‭प्रेरित 20:28 “तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्‌। पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌।” — ‭‭हामीलाई स्थानीय मण्डली किन चाहिन्छ? हामीदूवार परमेश्वाको ईच्छा पुरा गर्नु चहान्नुहुन्छ।

— भजन 92:12-14 “धर्मीचाहिँ खजूरको बोटझैँ लहलह हुन्छ, तिनीहरू लेबनानको देवदारुजस्तै बढ्‌छन्‌, तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्छन्‌, हाम्रा परमेश्वरका चोकहरूमा तिनीहरू मौलाउँछन्‌। बुढ़ेसकालमा पनि तिनीहरू फलदायी हुन्छन्‌, र तिनीहरू ताजा र हरिया रहन्छन्‌,”

— ‭‭भजन 133:1-3 “दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। यो त शिरमा लगाइएको मूल्यवान्‌ तेलजस्तो हुन्छ, जो हारूनको दाह्रीसम्म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्मै बगेर जान्छ। त्यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ। किनकि त्यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष्‌ खन्याउनुहुन्छ।”

— ‭‭प्रेरित 20:28-29 “तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्‌। पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस्‌। किनभने मलाई थाहा छ, कि म गएपछि डरलाग्दा ब्वाँसाहरू तपाईंहरूका माझमा पस्नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन्‌।” — ‭१ कोरिनथी 1:2 “कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई जो ख्रीष्ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्थानमा सन्त हुनलाई बोलाइएकाहरू सबैलाई, जस-जसले प्रभु येशू ख्रीष्टका नाउँको पुकारा गर्दछन्, जो तिनीहरूका र हाम्रा प्रभु हुनुहुन्छ:”

— ‭‭प्रेरित 2:42 “तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे।”

........................................................................................................

2nd - WEEK NOVEMBER - 2021

PASTOR – DAMBER MONGAR

बिश्या = बुध्दिमानी न्याय

—१ राजाहरू 3:16 “त्यसपछि दुई जना वेश्याहरू राजाको सामुन्ने आएर उभिए।”

— ‭‭१ राजाहरू‬ ‭3:17 “तीमध्ये एक जनाले भनी, “हे मेरा प्रभु, यो आइमाई र म एउटै घरमा बस्छौं। र त्यहाँ त्यो मसँग हुँदा मैले एक जना बालक जन्माएँ।”

‭‭१ राजाहरू‬ ‭3:18 “मेरो बालक जन्मेको तीन दिनपछि त्यसले पनि बालक जन्माई। त्यहाँ हामी मात्र थियौं। त्यस घरमा हामी दुईबाहेक अरू कोही थिएन।”

— ‭‭१ राजाहरू‬ ‭3:19 ““राती यस आइमाईले आफ्नो छोरालाई थिचेर मारिछ।”

— ‭‭१ राजाहरू‬ ‭3:20 “मध्यरातमा त्यो उठेर म, हजूरकी दासी निदाएको बेलामा मेरो छेउबाट मेरो छोरा लगेर आफ्नो काखमा राखिछ, र आफ्नो मरेको छोरालाई चाहिँ मेरो काखमा राखिदिइछ।”

— ‭‭१ राजाहरू‬ ‭3:21 “भोलिपल्ट बिहानै छोरालाई दूध खुवाउन उठ्‌दा त मैले मेरो छोरालाई मरेको भेट्टाएँ। तर मैले त्यसलाई बिहानको उज्यालोमा राम्ररी हेर्दा त त्यो मैले जन्माएको मेरो छोरो होइन रहेछ।””

— ‭‭१ राजाहरू‬ ‭3:22 “त्यो अर्की आइमाईले भनी, “होइन, जिउँदोचाहिँ मेरै छोरो हो, तेरो चाहिँ मरेको हो।” तर पहिलीले जिद्दी गरेर भनी, “होइन, मरेको चाहिँ तेरो हो, जिउँदो मेरो हो।” यसरी तिनीहरू राजाको सामुन्ने बहस गर्न लागे।”

— ‭‭१ राजाहरू‬ ‭3:23 “राजाले भने, “यसले भन्छे, ‘जिउँदो छोरो मेरो हो। मरेको तेरो हो’। अनि अर्कीले भन्छे, ‘होइन, तेरो छोरोचाहिँ मरेको हो, जिउँदोचाहिँ मेरै हो’।””

— ‭‭१ राजाहरू‬ ‭3:24 “तब राजाले भने, “मलाई एउटा तरवार ल्याइदेऊ।” अनि तिनीहरूले राजाको निम्ति एउटा तरवार ल्याइदिए।”

— ‭‭१ राजाहरू‬ ‭3:25 “तब तिनले यस्तो हुकुम दिए, “त्यस जिउँदो बालकलाई दुई टुक्रा गरी काट, र आधा एउटीलाई र आधा अर्कीलाई देऊ।””

— ‭‭१ राजाहरू‬ ‭3:26 “तब आफ्नो छोराको मायाले भरिएर त्यस जिउँदो बालककी आमाले राजालाई भनी, “हे प्रभु, त्यो जिउँदो बालक त्यसलाई नै दिनुहोस्‌। त्यसलाई नमार्नुहोस्‌।” तर अर्कीले भनी, “न त मैले न त्यसले लैजान पाओस्‌। त्यसलाई दुई टुक्रा गरी काट्‌नुहोस्‌।””

— ‭‭१ राजाहरू‬ ‭3:27 “तब राजाले आफ्नो न्यायको फैसला यसरी सुनाइदिए, “त्यो जिउँदो बालक पहिलो आइमाईलाई दिइहाल। त्यसलाई नमार। त्यसकी आमा त्यही हो।””

— ‭‭१ राजाहरू‬ ‭3:28 “जब राजाले दिएको फैसला सारा इस्राएलले सुने, तब राजाप्रति भयको भावना उत्पन्न भयो, किनभने न्याय गरिदिनलाई तिनीसँग परमेश्वरबाटको बुद्धि रहेछ भनी तिनीहरूले देखे।”

— रुथ 4:15 “यो बालक तपाईंलाई नयाँ जीवन दिने र तपाईंको बुढ़ेसकालमा तपाईंको पालनपोषण गर्ने हुनेछ। किनभने सात भाइ छोराभन्दा पनि असल भएकी, तपाईंलाई प्रेम गर्ने बुहारीले यो बालक जन्माएकी हुन्‌।””

..........................................................................

2th – ONLINE SERVICE – 2021

DATE – JANUARY 10, 2021

SERMON – DAMBER MONGAR

षिस्या = जीवनको उद्देश्य के हो?

जीवनको उद्देश्य के हो भन्ने प्रश्नलाई यसरी पनि सोध्न सकिन्छ, हामी किन यहाँ छौं? वा के जीवनको कुनै अर्थ छ? हाम्रो जीवनको उद्देश्य ईश्वरसँग मित्रता गाँस्नु हो भनी बाइबल बताउँछ। यस विषयसँग सम्बन्धित बाइबलका केही आधारभूत शिक्षाहरू विचार गर्नुहोस्‌। ईश्वर हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। बाइबल भन्छ: “उहाँलेनै हामीलाई बनाउनुभएको हो, र हामी उहाँकै हौं।”

—भजन 100:3 “परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौं, हामी उहाँका प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।”

— ‭‭प्रकाश 4:11 हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो।”” ईश्वरले मानिस लगायत सबै थोक उद्देश्यसहित सृष्टि गर्नुभएको छ।

—यशैया 45:18 “किनकि परमप्रभु यसो भन्नुहुन्छ— उहाँ, जसले आकाश सृष्टि गर्नुभयो, उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले पृथ्वीको रूप रच्नुभयो र बनाउनुभयो, र त्यो बसाल्नुभयो, उहाँले त्यो खाली हुनलाई सृष्टि गर्नुभएन तर उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो— उहाँ भन्नुहुन्छ: “म परमप्रभु हुँ, मबाहेक अरू कोही छैन।” ईश्वरले हामीलाई उहाँको “मार्गनिर्देशनको खाँचो महसुस” हुने गरी सृष्टि गर्नुभयो। जसमा जीवनको उद्देश्य थाह पाउने इच्छा समावेश छ।

(मत्ती 5:3 ““धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।” जीवनको उद्देश्य थाह पाउने हाम्रो इच्छा पूरा भएको उहाँ चाहनुहुन्छ।

— त्यो खाँचो पूरा गर्नको लागि ईश्वरको मित्र बन्नु आवश्यक छ। कसै-कसैलाई ईश्वरको मित्र बन्ने कुरा कल्पना गर्न समेत गाह्रो लाग्न सक्छ। तर बाइबल हामीलाई यसरी बताउँछ: “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”

—याकूब 4:8 “परमेश्वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार।”

— याकूब 2:22 “पवित्रधर्मशास्त्रको यसो भन्ने वचन पूरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो,” र उनी परमेश्वरका मित्र कहलिए।” — ‭‭ ईश्वरको मित्र बन्नको लागि हामीले उहाँको इच्छाबमोजिम जीवन बिताउनुपर्छ। बाइबलको

उपदेशक १२:१३ “अब सबै कुरा सुनिएका छन्‌— कुराको निष्कर्ष यही हो। परमेश्वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही नै हो। मा ईश्वरले हामीबाट चाहनुभएको कुरा यसरी बताइएको छ: “परमेश्वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” ईश्वरले सुरुमा हाम्रो लागि राख्नुभएको उद्देश्यअनुसारै भविष्यमा हामीले जीवन बिताउन पाउनेछौं। त्यतिखेर ईश्वरले हाम्रो दुःखकष्ट नामेट पारिदिनुहुनेछ। अनि उहाँको मित्र बनेकाहरू र उहाँलाई उपासना गर्नेहरू सधैंभरि बाँच्न पाउनेछन्‌।

—भजन 37:10-11 “अलिक बेरपछि दुष्टहरू रहनेछैनन्‌, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्‌। 11 तर नम्रहरूले देश अधिकार गर्नेछन्‌, र ठूलो शान्ति उपभोग गर्नेछन्‌।”

...............................................................................

5th Online Service - 2020

Sermon - Damber Monger

षिश्या :जागा रहो

परमेश्वारको आज्ञ पालन गर्नको लागी हामी न्यामीत मण्डलीमा जानुपर्छ परमेश्वरले भन्नुभएकोछ जाग रहनकोनिमीत ।

✓ मत्ती 24:42 यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्दैनौ।"

✓ मत्ती 24:36 तर त्यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्दैन, न त स्वर्गका दूतहरूले, न पुत्रले।"

✓ - ‭‭मत्ती‬ 24:37 मानिसको पुत्र आगमन नोआको दिनहरूजस्तै हुनेछ।"

- ‭‭मत्ती‬ ‭24:38 किनकि जसरी जलप्रलयभन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म, मानिसहरू खाइरहेका, पिइरहेका र विवाहबारी गरिरहेका थिए,"

- ‭‭मत्ती‬ ‭24:39 अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै बगाइ नलगेसम्म तिनीहरूले थाहा पाएनन्‌। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।"

- ‭‭मत्ती‬ ‭24:40 त्यस बेला दुई जना खेतबारीमा हुनेछन्, एक जना लगिनेछ, अर्को छोडिनेछ।"

✓ - ‭‭मत्ती‬ ‭24:41 दुई स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्, एउटी लगिनेछ, अर्की छोडिनेछ।"

- ‭‭मत्ती‬ ‭24:42 यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्दैनौ।"-

✓ - १ पत्रुस 5:8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।✓ मर्कुस 13:33- ‭‭होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो, सो तिमीहरू जान्दैनौ।"

- ‭‭मर्कूस‬ ‭13:34 यो त मालिकले आफ्ना चाकरहरूलाई घरको प्रत्येक काम र दायित्वको जिम्मा दिएर र पालेलाई जागा रहनू भनी आज्ञा दिएर परदेश लागेको जस्तो हो।"

मर्कूस‬ ‭13:35 यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्दैनौ।"

- ‭‭मर्कूस‬ ‭13:36 नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला।"

- ‭‭मर्कूस‬ ‭13:37 जे म तिमीहरूलाई भन्दछु त्यो म सबैलाई भन्दछु, ‘जागा रहो’।”"

✓ येएल 2:12-13“. 12परमप्रभु घोषणा गर्नुहुन्छ, “अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।” 13 आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ, र विपत्ति ल्याउनुहुँदा उहाँ दु:खित हुनुहुन्छ।”

........................................................................................................................

7th - Online Services - 2021

Sermon - Damber

बिष्या = येशूले हाम्रो निम्ति बिन्ती गर्नु किन जरुरी छ?हामी सबै पापी छौँ।(रोमी ३:२३) पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्‌।”पापले परमेश्वर र हामीबीच एउटा पर्खाल खडा गर्छ र हामीलाई मृत्युमा पुऱ्याउँछ।(रोमी ६:२३)किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।”

तर येसुको फिरौतीको बलिदानमाथि विश्वास गर्नेहरूको लागि उहाँ “मदतगार” हुनुहुन्छ अर्थात्‌ उहाँले तिनीहरूको पक्षमा बोलिदिनुहुन्छ। (१ यूहन्ना २:१)“मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्ट।”

येसुले मानिसहरूको तर्फबाट परमेश्वरलाई बिन्ती गर्नुहुन्छ; उहाँले परमेश्वरलाई तिनीहरूको प्रार्थना सुनिदिन अनि आफ्नो बलिदानको आधारमा तिनीहरूको पापको क्षमा दिन बिन्ती गर्नुहुन्छ। (मत्ती १:२१;“तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। रोमी ८:३४) “दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ।”

येसुले चढाउनुभएका त्यस्ता बिन्तीहरू परमेश्वरले सुन्नुहुन्छ किनकि ती परमेश्वरको इच्छासित मेल खान्छन्‌। परमेश्वरले येसुमार्फत “संसारको उद्धार होस्‌ भनेर” उहाँलाई पृथ्वीमा पठाउनुभयो।यूहन्ना ३:१७.“किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।”। आमेन ||||

..............................................................................................................

10th ONLINE SERVICES - 2020

SERMON - DAMBER MONGER

SUBJECT - हामी किन मर्छौं?

बाइबलको जवाफहामी किन मर्छौं भनेर सोध्नु स्वाभाविकै हो। खासगरि मृत्युको कारण आफूले माया गरेको व्यक्तिलाई गुमाउनु पर्दा हाम्रो मनमा यस्तो प्रश्न आउँछ। बाइबलमा यस्तो लेखिएको छ: “मृत्युको खील पाप हो।” (१ कोरिन्थी १५:५६)सबै मानिसले किन पाप र मृत्यु भोग्नुपऱ्यो?परमेश्वारविरुद्ध पाप गरेको कारण पहिलो मानव जोडी आदम र हव्वाले जीवन गुमाए। (उत्पत्ति ३:१७-१९) परमेश्वारको विरोध गरेको कारण तिनीहरूले पाउनुपर्ने सजाय मृत्यु नै थियो। किनभने परमेश्वार नै “जीवनको मूल” हुनुहुन्छ। (भजन ३६:९; उत्पत्ति २:१७)आदमले आफ्ना सबै सन्तानमा पाप सारे। बाइबल भन्छ: “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) सबै मानिस मर्छन्‌ किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।—रोमी ३:२३.मृत्यु कसरी हटाइनेछ‘परमेश्वारले नै मृत्युलाई सदाको निम्ति निल्ने’ समय आउनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ। (यशैया २५:८) मृत्युलाई हटाउन यसको जड पापलाई पनि मेटाउनु जरुरी छ। परमेश्वरले यो काम येशूमार्फत गर्नुहुनेछ जसले “संसारको पाप हटाउनुहुन्छ।”—यूहन्ना १:२९; १ यूहन्ना १:७.

खै मृत्यु, तैँले कहाँ जितिस्? मृत्यु तेरो शक्ति खै?” 56मृत्युको शक्ति पाप हो, पापको शक्ति नै व्यवस्था हो।57तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हाम्रो प्रभु येशू ख्रीष्टद्वारा हामीलाई जित दिनुहुन्छ।1-COR 15;55-57

अनि उहाँले मानिसलाई भन्नुभयो, “तैँले तेरी स्वास्नीको कुरा सुनिस् र मैले नखानू भनेको फल खाइस्, तेरो यस कामले गर्दा भूमिमाथि सराप पर्नेछ, त्यहाँबाट आफूलाई पुग्ने गरी खानेकुरा उमार्न तैँले जीवनभरि कठोर मेहनत गर्नुपर्नेछ।18त्यसले काँडा र काम नलाग्ने झार उमार्नेछ र तैँले बनका सागपात खानेछस्।19जुन माटोबाट तँ बनाइएको थिइस्, त्यही माटोमा नफर्कुञ्जेल तैँले भूमिबाट केही कुरा उमार्न कठोर परिश्रम गरी पसिना चुहाउनुपर्नेछ। तँ माटोले बनेको थिइस् र फेरि माटै बन्नेछस्। GEN 3:17-19

9तपाईं सारा प्राणीका मूल हुनुहुन्छ, तपाईंको ज्योतिको कारणले हामी उज्यालो पाउँछौं। PS 36:9

उहाँले त्यसलाई भन्नुभयो, “असल र खराबको ज्ञान दिने रूखको फल छोडेर बगैँचाका अरू सबै रूखका फल तँ खान सक्छस्। त्यस रूखको फल भने तैँले नखानू, खाइस् भने त्यही दिन तँ मर्नेछस्।” GEN 2:16-17,

2सृष्टिको पहिलो मानिस आदमबाट नै संसारमा पाप आयो र उनको पापले मृत्यु ल्यायो र सबै मानिसमा मृत्यु फैलियो किनभने सबै मानिसले पाप गरे। ROM 5:12

3किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट टाढिएका छन्।ROM 3:23

सार्वभौम परमप्रभुले सधैँभरिका लागि मृत्युलाई नाश गर्नुहुनेछ! उहाँले प्रत्येकका आँखाबाट आँसु पुछिदिनुहुनेछ र सारा जगत्‌मा आफ्ना प्रजाले भोगेका बदनाम हटाइदिनुहुनेछ। परमप्रभु आफैंले यो कुरा भन्नुभएको छ! IS 25:8

9भोलिपल्ट येशूलाई आफूतिर आइरहनुभएको देखेर यूहन्नाले भने, “हेर, सारा संसारलाई पापबाट छुट्कारा दिनुहुने परमेश्वरको थुमा! JN 1:29

तर उहाँ उज्यालोमा हुनुभएजस्तै हामी पनि उज्यालोमा रह्यौं भने हामीहरू एक-अर्काको संगतिमा रहन्छौं अनि परमेश्वरका पुत्र येशूको रगतले हामीलाई सबै पापदेखि शुद्ध पार्छ। 1-JN 1:7

.......................................................................................................................

 

...

11th – ONLINE SERVICE – 2021

DATE – MARCH 14, 2020

TIME – 10:30 – 11:30 AM

SERMON – DAMBER MONGAR

बिष्या = विश्वासn]] dfq पुग्दैन। उद्धार पाउन येशुमा विश्वास गर्नुपर्छ तर त्यति गर्नु मात्र पर्याप्त छैन। — प्रेरित 16: 30 “तिनीहरूलाई बाहिर ल्याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?”” — ‭‭प्रेरित‬ ‭16:31 “अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।” बाइबल यसो भन्छ: “जसरी सासविनाको शरीर मरेको हुन्छ, त्यसरी नै कामविनाको विश्वास पनि मरेको हुन्छ।

— याकूब २:२६ “जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ।” त्यसैले उद्धार पाउन हामीले निम्न कुराहरू गर्नुपर्छ: येशू र उहाँको बुबा यहोवाबारे सिक्नुपर्छ।

—यूहन्ना १७:३. “अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्‌।” उहाँहरूमाथि विश्वास गर्नुपर्छ।—यूहन्ना १२:४४ येशूले उच्च स्वरले भन्नुभयो, “मलाई विश्वास गर्नेले मलाई होइन, तर मलाई पठाउनुहुनेमाथि विश्वास गर्दछ।” — यूहन्न 14:1 ““तिमीहरूको हृदय व्याकुल नहोस्‌। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर विश्वास गरेको देखाउन उहाँहरूको आज्ञा पालन गर्नुपर्छ। - लूका ६:४६; “मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्दछौ? -१ यूहन्ना २:१७ संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ।” येशुलाई “प्रभु” भनेर पुकार्नेजति सबैले उद्धार पाउनेछैनन्‌ बरु “स्वर्गमा बस्नुहुने [उहाँको] बुबाको इच्छाअनुसार चल्नेहरू”-ले मात्र उद्धार पाउनेछन्‌ भनेर उहाँले बताउनुभयो। —मत्ती ७:२१. ““मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्‌। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।” गाह्रो अवस्थाहरूको बाबजुद विश्वास प्रकट गरिरहनुपर्छ। येशुले स्पष्टसित यसो भन्नुभयो: “जसले अन्तसम्म सहन्छ, त्यसले मात्र उद्धार पाउनेछ। —मत्ती २४:१३. “तर आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ।” आमेन |||

...........................................................................................

13th ONLINE SERVICES - 2020

SERMON - Damber Mongar

आन्दतर्फ लैजाने बाटो 

बिष्या = प्रेम - LOVE1 कोरिन्थी 13:4-8“प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।”

— ‭‭कलस्सी 3:14“यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ।”

— ‭‭मत्ती 19:5-6र भन्नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड़ेर आफ्नी पत्नीसँग मिलिरहन्छ, र ती दुई जना एउटै शरीर हुनेछन्‌।’ ती अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्‌। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।””

— ‭‭हिब्रू 13:4“सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ।”

— ‭‭1 यूहन्ना 4:8“प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।”

— ‭‭एफिसी 5:1-2“यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्वरको देखासिकी गर्नेहरू होओ। तिमीहरू प्रेममा चल, जसरी ख्रीष्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्ति अर्पण गर्नुभयो।”

................................................................................................................

17th - ONLINE SERVICES - 2020

SERMON - DAMBER MONGAR

षिश्या = पृथ्वीमा शान्ती कसरी छाउनेछ?

“उहाँले पृथ्वीको पल्लो छेउसम्मै युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा-टुक्रा पार्नुहुन्छ, उहाँले ढालहरूलाई आगोले भस्म पार्नुहुन्छ।”— ‭‭भजनसंग्रह‬ ‭46:9‬‬““सर्वोच्चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!””— ‭‭लूका‬ ‭2:14‬‬

“किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमप्रभुको जोशले यो पूरा गर्नेछ।”— ‭‭यशैया‬ ‭9:6-7‬‬

“परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ,”— ‭‭भजनसंग्रह‬ ‭11:5‬‬तर दुष्टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैँ फ्याँकिनेछन्‌।”— ‭‭हितोपदेश‬ ‭2:22‬‬

“धेरै मानिसहरूले आएर भन्नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्‌न सकौं।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन्‌। उहाँले जातिहरूका बीचमा इन्साफ गर्नुहुनेछ, र उहाँले धेरै मानिसहरूका झगड़ा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले लड़ाइँ गर्न तालीम लिनेछन्‌।”— ‭‭यशैया‬ ‭2:3-4‬‬

...................................................................

19th - ONLINE SERVICE - 2021

Sermon - Damber

षिश्या= परिवारमा प्रेम एफिसी 5:28-29 “त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। 29 किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ,

— ‭‭1 तिमोथी। 5:8 “यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।”

— ‭‭एफिसी 5:22 “पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस।” 33 “जे भए पनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैँ प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्‌।”

— ‭‭1 पत्रुस 3:1-6 “पत्नी हो, तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्ना पत्नीहरूको आचरणले गर्दा शब्दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्छ। 2 तिमीहरूका जीवनको शुद्धता र श्रद्धा देख्दा तिनीहरूको परिवर्तन हुनेछ। 3 केशको सिङ्गार, सुनको गहनापात र दामी वस्त्र तिमीहरूको बाहिरी सिङ्गारपटार नहोस्‌। 4 तिमीहरूका भित्री हृदयलाई भलो र शान्त आत्माको अविनाशी रत्नले सजाओ, जो परमेश्वरको दृष्टिमा साह्रै मूल्यवान्‌ छ। 5 किनकि यही किसिमले अघिअघि परमेश्वरमा आशा राख्ने पवित्र स्त्रीहरूले पनि सिङ्गार गर्थे, र आफ्ना पतिका अधीनमा बस्थे। 6 साराले जस्तै, जसले अब्राहामलाई स्वामी भनेर तिनको आज्ञापालन गर्थिन्, यदि तिमीहरूले उचित काम गर्यौ र कुनै कुरामा भयभीत भएनौ भने तिमीहरू उनकै छोरीहरू ठहरिनेछौ।” — एफिसी 4:32 “जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।” (कथा)

— व्यवस्था 6:6-7 “मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। 7 ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्‌दा, ढल्केर सुत्दा र उठ्‌दा तिनको चर्चा गर।”

— एफिसी 6:4 “बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।”

.........................................................................

22th ONLINE SERVICE - 2020

DATE - August 16th 2020

Time - 10:30 - 11:30am

Sermon - Damber Mongar

बिष्या = दशांशको बारेमा येशूले के भन्नुभयो— मत्ती 22:20-21“उहाँले तिनीहरूलाई भन्नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?” तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन्‌ ती परमेश्वरलाई देओ।””— ‭‭मर्कुस 12:17“तब येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई।” तिनीहरूले उहाँसँग अचम्म माने।”—- रोमी 13:7“तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर।”# दशांश चढाउन छोडूनु भनेर येशूले कहिल्यै सिकाउनुभएन!लेबी 27:30,32““‘रूखहरूका फल वा जमिनका बीउको होस्, भूमिका उब्जनीको दशांश परमप्रभुकै हो, र ती परमप्रभुको निम्ति पवित्र हुन्‌।”—- लूका 21:4“किनकि यिनीहरू सबैले आफ्ना प्रशस्तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै दिई।””— ‭‭मलाकी 3:10“सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्‌। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान्‌ परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष्‌ तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्नुहुन्छ।”— ‭‭व्यवस्था 14:22“हरेक साल खेतमा उम्रने उब्जनीबाट तिमीहरूले दशांश अलग राख्न नभुल्नू।”

.................................................................................

23th - ONLINE SERVICES

DATE - AUGUST 23th 2020

Time - 10:30 - 11:30 am

Sermon - Damber Mongar

Subject - Prayer - A

बिष्या => हामीले किन परमेश्वरलाई प्रार्थना गरिरहनुपर्छ?

1थेसलोनिकी 5:17 निरन्तर प्रार्थना गरिरहो।परमेश्वरलाई प्रार्थना गर्न पाउनु ठूलो सम्मानको कुरा हो! उहाँ हाम्रो प्रार्थना सुन्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौँ। अनि उहाँलाई हृदयदेखि जति धेरै प्रार्थना गर्छौँ, उहाँसितको हाम्रो मित्रता त्यति नै बलियो हुनेछ।एक: परमेश्वर हाम्रो प्रार्थना सुन्न चाहनुहुन्छ“यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌, जसले साँचो हृदयले उहाँको पुकारा गर्छन्‌।”भजन 145:18“परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्छ, सबैका नजिक ज-जसले उहाँलाई सत्यतामा पुकार्दछन्‌।”2 )हामीसित विश्वास हुनुपर्छ।हिब्रू 11:6“विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।”3 )हामीले नम्रता र आदर देखाउनुपर्छभजन 138:6“परमप्रभु अति उच्चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई उहाँले टाढ़ैबाट चिन्नुहुन्छ।”4 ) हाम्रो आचरण प्रार्थनाअनुरूप हुनुपर्छ।याकुब 2:26“जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ।”5 ) हामीले इमानदार भई र साँचो मनले प्रार्थना गर्नुपर्छ। प्रार्थनामा एउटै कुरा दोहोऱ्याइरहनु हुँदैन।मत्ती 6:7,8“र प्रार्थना गर्दा अन्यजातिहरूजस्ता व्यर्थै नबरबराओ। किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्‌।”“यसकारण तिनीहरूजस्ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्नभन्दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्नुहुन्छ।”

..............................................................................

25th - ONLINE SERVICES

DATE - September 6th 2020

Time - 10:30 - 11:30 am

Sermon - Damber Mongar

Subject - Prayer - B प्रार्थना 

6। हामीले परमेश्वरको इच्छाअनुसार जीवन बिताउनुपर्छ।— यशैया 1:15“तिमीहरूले प्रार्थनामा आफ्ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्नेछु। तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌।”7 — ‭‭दुई: प्रार्थनाबारे साधारणतया सोधिने प्रश्नहरूहामीले कसलाई प्रार्थना गर्नुपर्छ?मत्ति ६:९; ““तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्‌।”युहन्ना 14:6“येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।”—-8। के हामीले प्रार्थना गर्दा कुनै खास आसन धारण गर्नुपर्छ?— ‭‭मर्कूस‬ ‭11:25‬ ‭जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्‌।”9। हामीले कति चोटि प्रार्थना गर्नुपर्छ?रोमी १२:१२; “आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।”1 थिस्सलोनिकी 5:17“निरन्तर प्रार्थना गर10 तीन : कस्ता कुराको लागि प्रार्थना गर्न सक्छौँ?“उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।”—१ युहन्ना ५:१४“परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ।”11 आफ्नो आवश्यकता र चिन्ता-फिक्रीबारे प्रार्थना गर्नुहोस्‌।मत्ती 6:11-13“हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्‌ किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’”— ‭‭12 सही निर्णय गर्ने बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌।याकूब 1:5“तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ।”— ‭‭13 सहने बलको लागि प्रार्थना गर्नुहोस्‌।फलिप्पी 4:13“जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।”— ‭‭14 पापहरूको क्षमाको लागि प्रार्थना गर्नुहोस्‌।एफिसी 1:3“हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्‌ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ।”— ‭‭एफिसी‬ 1:7“उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं,”( 15 अरूको लागि प्रार्थना गर्नुहोस् )प्रेरित 12:5“यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।”

..............................................

29th - ONLINE SERVICES

DATE - OCTOBER 4th , 2020

Time - 10:30 - 11:30 am

Sermon - Damber Mongar

बिष्या = पु्र्ख्यौली पाप र स्रापपरमेश्वरको ह्रदयको चाहनचाहि हामीलाई आशिष दिई ती आशिहरू पुस्तौसम्म सदै जाऊन् भन्ने हो तैपनि पाप तथ यसदूारा आउने स्राप सम्बन्धमा पनि यही रीति लागू हुॅंदछ पितापर्खाका पापहरु उनीहरूपछिका पुस्तहरूमा सदै जान्छन् “तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।”— ‭‭प्रस्थान‬ ‭20:6‬ ‭“त्यसपछि परमप्रभु तिनको सामुन्नेबाट गएर यसो भनी घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्छ, र दुष्टता, विद्रोह र पाप क्षमा गर्नुहुन्छ। तर उहाँले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ। पिता-पुर्खाका दुष्टताको दण्ड तिनीहरूका छोराछोरी, नातिनातिना, र तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ।””— ‭‭प्रस्थान‬ ‭34:6-7‬ ‭“बाँकी रहेका चाहिँ शत्रुहरूको देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा खतम हुँदैजानेछ।”— ‭‭लेवीहरू‬ ‭26:39‬ ‭NNRV‬‬“तँलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु, र तँलाई सराप दिनेहरूलाई सराप दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष्‌ पाउनेछन्‌।””— ‭‭उत्पत्ति‬ ‭12:3‬ ‭—————————————————————-मानिसको पाप“परमेश्वरले पृथ्वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्तुहरू बनाउनुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्‌।””— ‭‭उत्पत्ति‬ ‭1:25-26‬ “अब म जो इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो।”— ‭‭रोमी‬ ‭7:20‬“क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्,”— ‭‭एफिसी‬ ‭4:26‬ ‭

..................................................................................

 

33th - ONLINE SERVICES

DATE - November 1st 2020

Sermon - Damber

षिस्या = एक्लो महसुस हुँदा के गर्ने?के तपाईँ एक्लो महसुस गर्दै हुनुहुन्छ? हुनुहुन्छ भने सायद बाइबलका एक जना लेखकको यस भनाइसित पक्कै सहमत हुनुहुन्छ: “म छानामाथिको एक्लो चरोजस्तै भएको छु।” (भजन १०२:⁠७) बाइबलले दिने बुद्धिले तपाईँलाई एक्लोपनले गर्दा सामना गर्नुपर्ने विभिन्न समस्यासित जुझ्न मदत दिन्छ।— भजन 102:7“अनिद्राले म जागा बस्छु, धुरीमाथिको एकलो चरोजस्तो भएको छु।”— ‭‭परमेश्वरसित नजिक हुने प्रयास गर्नुहोस्‌बाइबलबाट सान्त्वनादायी पदहरू पढ्‌नुहोस्‌संसारमा भइरहेका घटनाहरूको अर्थ बुझ्नुहोस्‌अनावश्यक चिन्ता नलिनुहोस्‌साथीभाइसित सम्पर्कमा रहनुहोस्‌व्यायाम गर्ने गर्नुहोस्‌परमेश्वरसित नजिक हुने प्रयास गर्नुहोस्‌परमेश्वरसित नजिक हुनुको महत्त्व बुझ्नुभयो भने तपाईँ एक्लो महसुस गर्नुपर्दा समेत आनन्दित हुन सक्नुहुन्छ। मत्ती 5:3““धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।”— ‭‭मत्ती‬ ‭5:6“धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्‌।”— ‭‭बाइबलबाट सान्त्वनादायी पदहरू पढ्‌नुहोस्‌बाइबलबाट धेरैले सान्त्वना पाएका छन्‌। अहिले एक्लो बस्नुपरेको अवस्थाको सदुपयोग गर्नुहोस्‌। निम्न शास्त्रपदहरू सरसरती पढ्‌नुको साटो गहिरिएर मनन गर्नुहोस्‌ अनि प्रार्थना गर्नुहोस्‌।—⁠मर्कुस १:⁠३५.“बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो।”— ( एकान्तमा येशूको प्रार्थना )— भजन 23:1-6 पढनुहोस ।“परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।”— ‭2 कोरिन्थी 1:3,4“हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता, र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस्‌। 4 उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ, ताकि हामीले पनि परमेश्वरबाट पाएको त्यही सान्त्वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं।”— ‭‭फिलिप्पी 4:6“कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,”— ‭‭फिलिप्पी‬ ‭4:7“र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।”— ‭‭1 पत्रुस 5:6“यसकारण परमेश्वरको शक्तिशाली बाहुलीमुनि तिमीहरू आफैलाई विनम्र तुल्याओ, र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ।”— ‭‭१ पत्रुस‬ ‭5:7“तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।”

 

37th - ONLINE SERVICES

Date - November 29,2020

SERMON - Damber बिष्या = पैसको सदुपयोग कसरी गर्ने

— हितोपदेश 15:22“परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्‌।”— हितोपदोश 30:7-8““म तपाईंसँग दुई वटा कुरा माग्दछु, हे परमप्रभु। म मर्न अघि ती मबाट इन्कार नगर्नुहोस्‌। असत्यता र झूटा कुरा मबाट टाढ़ै राख्नुहोस्, न त मलाई दरिद्रता न धन-सम्पत्ति दिनुहोस्, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्‌।”— उपदेशक 7:12“जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एउटा आश्रय हो। तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान्‌ मानिसको प्राण जोगाइराख्छ।”— एफिसी 4:32“जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।”1 ) राम्ररी योजन बनाउनुहोस् —- लुका 14:28““तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र—- हितोपदेश 22:7“धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।”— ‭‭हितोपदेश‬ ‭21:5लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्मुख गराउँछ, त्यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्छ।”2 घाँटी हेरेर हाड निल्नुहोस्— २ कोरिन्थी ८:२१)“किनकि हामी प्रभुको दृष्टिमा मात्र होइन, तर मानिसहरूका दृष्टिमा पनि जे आदरणीय छ त्यो गर्ने लक्ष्य राख्दछौं।”— हितोपदेश १३:१०“घमण्डले केवल झगड़ा पोस्दछ, तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ।”—१ तिमोथी ५:८.“यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।”— ‭‭लूका १२:१५“उहाँले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन-सम्पत्तिको प्रशस्ततामा रहँदैन।””—हिब्रू १३:५“तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्ग राख। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ।””

 

Join Us at Grace Decatur Church

Experience a welcoming community where you can grow in faith and connect with others. Join us for our services and activities to enrich your spiritual journey.