Welcome to Grace Decatur Church!

At Grace Decatur Church, we are committed to creating a warm and welcoming community where individuals and families can grow in their faith and connect with God and each other. Located in McDonough, Georgia, our church offers a range of services and activities to support your spiritual journey.

Upcoming Events and Services

Get Involved and Connect

If you are looking to connect with Grace Decatur Church, there are various ways for individuals and families to get involved. From Sunday Worship Services to Bible Study Groups and Youth Programs, there is something for everyone to engage and participate in our community.

Secretary - Samjhana

Samjhana serves as the secretary at Grace Decatur Church, providing administrative support and assistance to ensure the smooth operation of our services and events. She is dedicated to helping our community members and visitors feel welcome and supported.

...............................................................................

APRIL 14, 2024

Leading - Sunita

Worship - Chhunu

Sermon - Samjhana

Remarks - Dil Busy for Phupu Memorial Service

”येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदैहुनुहुन्थ्यो।“‭‭लूका‬ ‭19‬:‭1‬ ‭NNRV‬‬

”येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्न सकेनन्‌। तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्जीरको रूखमा चढ़े। किनकि येशू त्यही बाटो भएर जान लाग्नुभएको थियो।“‭‭लूका‬ ‭19‬:‭3‬-‭4‬ ‭NNRV‬‬

”मेरा छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा म पिता बनेको छु। तिनी अगाडि तिम्रो निम्ति बेकम्मा थिए, तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्‌।“‭‭फिलेमोन‬ ‭1‬:‭10‬-‭11‬ ‭NNRV‬‬

”म तिनलाई, जो मेरो आफ्नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु। तिनलाई मसँगै राख्न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्तथिए,“‭‭फिलेमोन‬ ‭1‬:‭12‬-‭13‬ ‭NNRV‬‬

”म पावल, आफ्नै हातले यो लेख्तछु। त्यो ऋण म स्वयम्‌ तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ। प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्ने म चाहन्छु। ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ।“‭‭फिलेमोन‬ ‭1‬:‭19‬-‭20‬ ‭NNRV‬‬

.....................................................................................

April - 7th , 2024

Leading - Phul Tamang

Worship - Maya Tamang

Sermon - Samjana

Subject - Anger /Management

”“तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्या नगर्नू, र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ।’“‭‭मत्ती‬ ‭5‬:‭21‬ ‭NNRV‬‬

”तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।“‭‭मत्ती‬ ‭5‬:‭22‬ ‭NNRV‬‬

”“यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने,“‭‭मत्ती‬ ‭5‬:‭23‬ ‭NNRV‬‬

”तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।“‭‭मत्ती‬ ‭5‬:‭24‬ ‭NNRV‬‬

”“तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अधिकृतको हातमा सुम्पिदेलान्, र तिमी झ्यालखानमा पर्नेछौ।“‭‭मत्ती‬ ‭5‬:‭25‬ ‭NNRV‬

”साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्जेल तिमी त्यहाँबाट उम्कनेछैनौ।“‭‭मत्ती‬ ‭5‬:‭26‬ ‭NNRV‬‬

.................................................................................................

Leading - Phul Magar

Sermon - Samjana

Subjects - Church

”र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो,“‭‭एफिसी‬ ‭1‬:‭22‬ ‭NNRV‬‬

”उहाँ शरीर, अर्थात्‌ मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च होऊन्‌।“‭‭कलस्सी‬ ‭1‬:‭18‬ ‭NNRV‬‬

”ताकि यसरी मण्डलीद्वारा परमेश्वरका विभिन्न किसिमका ज्ञान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूका माझमा प्रकट गरिओस्‌।“‭‭एफिसी‬ ‭3‬:‭10‬ ‭NNRV‬‬

”तिनले यस्तो सपना देखे: जमिनमा खड़ा गरिएको एउटा भर्याङ रहेछ, र त्यसको टुप्पाचाहिँ आकाशसम्मै पुगेको रहेछ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दारहेछन्‌।“‭‭उत्पत्ति‬ ‭28‬:‭12‬ ‭NNRV‬‬

.............................................................................

Leading - Sunita

Sermon - Samjhana

SUBJECT - CHRISTMAS

येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्‌: “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग।”“‭‭मत्ती‬ ‭1‬:‭18‬-‭23‬ ‭NNRV‬‬

”उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो, र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो।“‭‭हिब्रू‬ ‭5‬:‭8‬-‭9‬ ‭NNRV‬‬

”जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ।”“‭‭यूहन्ना‬ ‭3‬:‭36‬ ‭NNRV‬‬

................................................................................................

Date 11/19/2023

Samjhana

Subject - Thanksgivings

“सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।”‭‭१ थेसलोनिकी‬ ‭5‬:‭18‬ ‭NNRV‬‬

“यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।”‭‭हिब्रू‬ ‭13‬:‭15‬ ‭NNRV‬‬

“चाहे अञ्जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्न नउब्जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन्‌ भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु।”‭‭हबकूक‬ ‭3‬:‭17‬-‭18‬ ‭NNRV‬‬

“तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए।”‭‭प्रेरित‬ ‭16‬:‭25‬ ‭NNRV‬‬

“र परमेश्वरको प्रशंसा गर्दै, र सबै मानिसहरूबाट शुभेच्छा पाउँदै बस्थे। उद्धार पाउनेहरूलाई प्रभुले दिनदिनै तिनीहरूको संख्यामा थपिदिनुहुन्थ्यो।”‭‭प्रेरित‬ ‭2‬:‭47‬ ‭NNRV‬‬

“कसरी होचिन र कसरी बढ्‌न म जान्दछु। परिपूर्णतामा होस्‌ वा भोकप्यासमा होस्, प्रशस्ततामा होस्‌ वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।”‭‭फिलिप्पी‬ ‭4‬:‭12‬-‭13‬ ‭NNRV‬‬

....................................................................................................................

.

1ST - WEEK MARCH - 2023

LEADING - NARBADA

SERMON - SAMJHANA

1 PETER 1:3-25,

जीवित आशाको निम्ति परमेश्वरको प्रशंसा

3परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हुनुहुन्छ! उहाँको महान्‌ कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। 4स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्‌। 5आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। 6तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नुपर्दछ। 7आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान्‌ छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्‌। 8तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ। 9तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ।

10तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए। 11तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए। 12तिनीहरूलाई यो प्रकट गरिएको थियो, कि तिनीहरूले आफ्ना होइन, तर तिमीहरूका सेवा गरिरहेका थिए। यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। स्वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्सुक छन्‌।

पवित्र होओ

13यसकारण आफ्नो मन बाँध, संयमी होओ र येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूकहाँ आउन लागेको अनुग्रहमा तिमीहरूको आशा पूर्ण रूपले राख। 14आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्थाका कुइच्छाहरूमा तिमीहरू अब नलाग। 15तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, 16किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”

17पनपक्ष नगरी मानिसको कामअनुसार इन्साफ गर्नुहुनेलाई पिता भनी पुकारा गर्छौ भने, तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग बिताओ। 18तिमीहरू जान्दछौ, कि आफ्ना पिता-पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, 19तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ। 20उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्त्यमा प्रकट हुनुभयो। 21उहाँद्वारा परमेश्वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रीष्टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो, ताकि तिमीहरूको विश्वास र आशा परमेश्वरमा रहोस्‌।

22अब सत्यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्ना दाजुभाइलाई निष्कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर। 23परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेका छौ। 24किनकि,

“सबै प्राणी घाँसजस्तै हुन्‌

र तिनका सबै गौरव घाँसका फूलजस्ता।

घाँस ओइलाउँछ, र फूल झरिहाल्छ,

25तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।”

अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो।

..................................................................................................................

4th Week - January - 2023

Leading - Dinesh Rai

Sermon - Samjana

Subject - Holy Spirit

“पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।”‭‭प्रेरित‬ ‭2‬:‭38‬ ‭NNRV‬‬

““जब सल्लाहकार आउनुहुन्छ, जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाइदिनेछु, अर्थात्‌ सत्यका आत्मा, जो पिताबाट आउनुहुन्छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ।”‭‭यूहन्ना‬ ‭15‬:‭26‬ ‭NNRV‬‬

1 Cor 12:4 - 11

“वरदानहरू विभिन्न किसिमका छन्, तर पवित्र आत्मा एउटै हुनुहुन्छ। सेवाहरू धेरै थरीका हुन्छन्, तर प्रभु एउटै हुनुहुन्छ।”‭‭१ कोरिन्थी‬ ‭12‬:‭4‬-‭5‬ ‭NNRV‬‬

“किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्‌।”‭‭रोमी‬ ‭12‬:‭3‬ ‭NNRV‬‬

“तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्‌। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन।”‭‭गलाती‬ ‭5‬:‭22‬-‭23‬ ‭NNRV‬‬

............................................................................................................

4TH - WEEK JULY - 2022

SAMJHANA

Sermon topic “Biblical Financial Principles”

Financial principal God is creator of everything and he owns everything उत्पत्ति 1:1आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।1:2पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।

हाग्गै 2:8 तिनीहरूको चाँदी मेरो हो, तिनीहरूको सुन मेरो हो। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ,

भजनसंग्रह 50:10 मलाई ती पशुहरूको आवश्यकता छैन। मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्। हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।

Trustworthiness Matter लूका 16:10 यदि कुनै मानिसलाई सानो कुरोमा विश्वास गर्न सकिन्छ भने ठूला-ठूला कुरामा पनि विश्वास गर्न सकिन्छ। यदि मानिस स-साना कुराहरुमा इमान्दीरहीन छ भे ठूला-ठूला कुरामा पनि इमान्दारहीन हुन्छ। 16:11यदि तिमीलाई सांसारिक सम्पत्तिमा विश्वास गर्न सकिंदैन, तिमीहरूलाई कसरी साँचो सम्पत्तिको लागि विश्वास गरिन्छ 16:12यदि तिमीहरूले अर्काको सामानहरूमा विश्वासी प्रमाण गर्न सकेनौ भने तिमीहरूलाई कसले तिमीहरूकै सामानहरू दिनेछ?

Use resources wisely Mathew 25: 21-28 , 21 “मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’22 “दुई सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्का कमाएको छु।’23 “त्यसका मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’24 “एक सुनको सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, नरोपेको जग्गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्ने तपाईं कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो। 25यसैले मलाई डर लाग्यो, र गएर तपाईंको सिक्का मैले माटोमुनि लुकाइराखें। हेर्नुहोस्, यो तपाईंको सिक्का लिनुहोस्‌।’26 “त्यसका मालिकले त्यसलाई जवाफ दिए, ‘ए दुष्ट, अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैंले जानेको थिइस्‌ भने, 27तैंले मेरो धन साहूकहाँ राख्नुपर्नेथियो, र आएर मैले मेरो धन ब्याजसमेत फिर्ता पाउनेथिएँ। 28यसकारण त्यसबाट यो सिक्का खोस, र जससँग दश सिक्का छ त्यसलाई देओ।

(Budgeting ) Proverbs - 6:8, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छर कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ।PRO 21:20 , बुद्धिमान्‌ मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ।

(Saving ) Luke 14: 28-30 , “तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्छ भने, त्यो धरहरा बनाई सिद्धयाउने खर्च आफूसित छ कि छैन भनी के त्यसले पहिले नै बसेर हिसाब लाउँदैन र? 29नत्र भने त्यसले जग बसालेपछि सिद्धयाउन सकेन भने, देख्नेहरू सबैले यसो भनेर त्यसको गिल्ला गर्न लाग्नेछन्, 30‘यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन।’

( Spending ) Psalm 37: 21 , दुष्टहरूले ऋण लिन्छन्‌, र तिर्दैनन्‌, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्छन्‌। Luke 12: 15, उहाँले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन-सम्पत्तिको प्रशस्ततामा रहँदैन।”Proverbs 22:7 , धनीले गरीबमाथि प्रभुत्व जमाउँछ,र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।

(borrow) Be content Philip 4:12-13 फिलिप्पी 4:12 म जान्दछु गरीब हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा कसरी बस्नु पर्छ अनि जब मेरोमा प्रशस्त हुँदा पनि म जान्दछु। सबै परिस्थितिसँग कसरी मेल खाने त्यो रहस्य मैले सिकेकोछु। भर पेट खानु पाउँदा र आधा पेट बस्नु पर्दा कसरी जीवन बिताउनु पर्छ मैले सिकेको छु। चाहिएको कुरा सबै पाउँदा पनि, केही नपाउँदा पनि खुशी हुनु मैले सिकेको छु। फिलिप्पी 4:13म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।

...

4TH - WEEK APRIL - 2022

SAMJHANA

परमप्रभु घोषणा गर्नुहुन्छ, “अहिले पनि तिमीहरू आफ्ना सम्पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।”

13आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्छ, र विपत्ति ल्याउनुहुँदा उहाँ दु:खित हुनुहुन्छ। 14कसले जान्दछ, कतै दु:खित भएर उहाँले आफ्नो मन बदली आशिष्‌ दिनुहुन्छ— परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरूले चढ़ाउने अन्नबलि र अर्घ-बलिहरू।

15सियोनमा तुरही फुक, पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। 16मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्नो कोठाबाट र दुलही आफ्नो भित्री कोठाबाट निस्कून्‌।

17परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू मन्दिरको दलान र वेदीका बीचमा रोऊन्‌। तिनीहरूले भनून्, “हे परमप्रभु, आफ्नो प्रजालाई बाँकी राख्नुहोस्‌। आफ्नो उत्तराधिकारीलाई गिल्लाको पात्र हुन, र जाति-जातिहरूका बीचमा हेलाको शब्द हुन नदिनुहोस्‌। ‘तिनीहरूका परमेश्वर कहाँ छन्‌ त?’ भनी अन्यजातिहरूले किन भन्न पाऊन्‌?”

परमप्रभुको प्रत्युत्तर

18तब परमप्रभु आफ्नो देशको निम्ति डाही हुनुहुनेछ र उहाँले आफ्नो प्रजालाई टिठ्याउनुहुनेछ। 19परमप्रभुले आफ्नो प्रजालाई यसो भनेर जवाफ दिनुहुनेछ, “म तिमीहरूलाई नयाँ अन्न, दाखमद्य र तेल पठाइदिनेछु, र तिमीहरू सम्पूर्ण तृप्त हुनेछौ। जाति-जातिहरूका बीचमा फेरि कहिल्यै म तिमीहरूलाई गिल्लाको पात्र हुन दिनेछैनँ।

20“म उत्तरतिरबाट आएको सेनालाई तिमीहरूदेखि टाढ़ा खेदिदिनेछु। म त्यसलाई बाँझो र उजाड़ देशमा धपाइदिनेछु। त्यसको अगिल्लो पङ्‌क्तिलाई पूर्वको समुद्रमा र त्यसको पछिल्लो पङ्‌क्तिलाई चाहिँ पश्चिमको समुद्रमा हटाइदिनेछु, अनि त्यसको गन्ध, त्यसको सड़ेको दुर्गन्ध माथि उठ्‌नेछ।”

निश्चय नै उहाँले ठूला-ठूला काम गर्नुभएको छ। 21ए देश, नडरा, तँ खुशी भएर रमाहट गर्‌। निश्चय नै परमप्रभुले ठूला-ठूला कामहरू गर्नुभएको छ। 22ए जङ्गली पशु हो, नडराओ, किनकि खुला खर्कहरू हरिया भइरहेका छन्‌। रूखमा फलहरू फलिरहेछन्, नेभाराका बोट र दाखका बोटले प्रशस्त फलहरू दिन्छन्‌।

23ए सियोनका मानिस हो, खुशी होओ, परमप्रभु तिमीहरूका परमेश्वरमा रमाहट गर, किनकि उहाँले तिमीहरूलाई शरद्‌को वर्षा धार्मिकतामा दिनुभएको छ। उहाँले हामीलाई प्रशस्त झरी ल्याइदिनुहुन्छ— शरद्‌ र बसन्त दुवै झरी पहिलेको झैँ पठाइदिनुहुन्छ। 24तब खलाहरू अन्नले भरिनेछन्, घैलाहरू नयाँ दाखमद्य र तेलले भरेर पोखिनेछन्‌।

25“म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु, जो ठूलो सलह, जवान सलह र अरू सलह, अर्थात्‌ मैले तिमीहरूका बीचमा पठाएको मेरो ठूलो सेनाले खाएको थियो। 26तिमीहरू अघाउञ्जेल प्रशस्त खान पाउनेछौ, र तिमीहरूका निम्ति उदेकका काम गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्वरका नाउँको प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन। 27तब म इस्राएलको बीचमा छु, र म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, र मबाहेक अरू कोही छैन भनी तिमीहरूले जान्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन।

.....................................................................................................

4th - Week November - 2021

Samjhana

SUBJECT – DO NOT JUDGE OTHERS;

MT 6:14-15, किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। 15तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।

MT 7:1-2, “अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ। 2किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ। ROM 2:1-16, 1यसकारण अर्कालाई दोष लाउने ए मानिस, तिमी जोसुकै भए तापनि, केही बहाना छैन, किनकि जेमा तिमी अर्कालाई दोष लगाउँछौ, त्यसैमा आफै पनि दोषी ठहरिनेछौ, किनभने तिमी दोष लाउनेले पनि त्यही काम गर्छौ। 2यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठीकसँग पर्छ भनेर हामी जान्दछौं। 3ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्यही काम गर्छौ भने, के परमेश्वरको इन्साफबाट उम्कन्छु भन्ने तिमी ठान्छौ? 4अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ?5तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो कठोर र अपश्चात्तापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। 6किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ। 7धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। 8तर झगड़ालु, सत्यको पालन नगर्ने, र दुष्टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ। 9खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट र आपद्‌ आइपर्नेछ, पहिले यहूदीमाथि र अन्यजातिहरूमाथि पनि। 10तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्यजातिलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ। 11किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।12सबै जसले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्ट पनि हुनेछन्, र व्यवस्थामुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ। 13किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्‌। 14किनकि व्यवस्था नहुने अन्यजातिहरू स्वाभावैले व्यवस्थाअनुसारका काम गर्दछन्‌ भने, तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्‌। 15व्यवस्थाले चाहेका कुराहरू आफ्ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन्, र कहिले समर्थन गर्छन्‌। 16यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराको इन्साफ गर्नुहुनेछ।

.............................................................................

 

About me

It all began with a simple idea fueled by a deep passion. As a small business, we pride ourselves on personal attention and dedication to every detail. Our approach is rooted in quality and integrity, ensuring that everything we do reflects our commitment to excellence.

 

Join Us at Grace Decatur Church!

Experience the warmth and love of our community. Connect with us to grow in your faith and find support on your spiritual journey.