DATE - SEPTEMBER -29, 2024

LEADING - 

SERMON - SIMON

SUBJECT - WHAT CHURCH NEEDS ( 15-21 )

15 - Generosity—"Grant that my children may be generous and willing to share, and so lay up treasure for themselves as a firm foundation for the coming age." (1 Tim. 6:18-19)

18तिनीहरूले असल कार्य गरून्, असल कामहरूमा धनी, उदार-चित्त दानी होऊन् 19यसरी आफ्‍नै लागि भविष्‍यको असल जग बसाल्‍न सकून्, ताकि तिनीहरूले त्‍यो जीवन पक्रिराखून् जो साँच्‍ची नै जीवन हो।

………………………………………….

16 - Peace-Loving—"Father, let my children make every effort to do what leads to peace." (Rom. 14:19)

19यसैले हामी ती कुराहरूको अनुसरण गरौं जसले शान्‍ति ल्‍याउँछ, अनि एउटाले अर्काको आत्‍मिक उन्‍नति गराउँछ।

17 - Joy—"May my children be filled with the joy given by the Holy Spirit." (1 Thes. 1:6)

तिमीहरू हाम्रा प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्‍माले दिनुभएको आनन्‍दसाथ तिमीहरूले धेरै कष्‍टमा वचन ग्रहण गर्‍यौ।

18 - Perseverance—"Lord, teach my children perseverance in all they do, and help them especially to run with perseverance the race marked out for them." (Heb. 12:1)

1यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाएर हाम्रा सामुन्‍ने राखिदिएको दौड धैर्यसाथ दौडौं। 

19 - Humility—"God, please cultivate in my children the ability to show true humility toward all." (Titus 3:2)

2तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन् सबै मानिससँग भद्रताको व्‍यवहार गरून्

20 - Compassion—"Lord, please clothe my children with the virtue of compassion." (Col. 3:12)

12यसकारण परमेश्‍वरका चुनिएकाहरू, पवित्र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता धैर्य धारण गर।

21 - Responsibility—"Grant that my children may learn responsibility, for each one should carry his own load." (Gal. 6:5)

5किनभने हरेकले आफ्‍नो भार आफै उठाउनुपर्छ।

DATE - SEPTEMBER 1, 2024

  LEADING - PHUL TAMANG

  SERMON - SIMON THAPA             

- SUBJECT - WHAT CHURCH NEEDS ? ( B ) 8-14

  1. Mercy—"May my children always be merciful, just as their Father is merciful.

" (Luke 6:36)

36तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।

 ..................................................................................

  1. Respect(for self, others, and authority)—"Father, grant that my children may show proper respect to everyone, as Your Word commands.

(1 Pet. 2:17)

17सबै मानिसहरूलाई आदर गर। भाइबन्‍धुलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।

………………………………………………………

  1. Biblical Self-Esteem—"Help my children develop a strong self-esteem that is rooted in the realization that they are God's workmanship, created in Christ Jesus.

" (Eph. 2:10)

10किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

………………………………………………………………

  1. Faithfulness—"Let love and faithfulness never leave my children, but bind these twin virtues around their necks and write them on the tablet of their hearts.

" (Prov. 3:3)

3भक्ति विश्‍वासयोग्‍यताले तँलाई कहिल्‍यै नछोडून्, ती तैंले आफ्‍नो गलामा बाँधिराख्, आफ्‍नो हृदयको पाटीमा ती लेखिराख्

……………………………………………………………..

  1. Courage—"May my children always be strong and courageous in their character.

 (Deut. 31:6)

6बलिया साहसी होओ! यिनीहरूसित नडराओ त्रासित नहोओ! किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूसँग जानुहुन्‍छ। उहाँले तिमीहरूलाई कहिल्‍यै छोड्नुहुनेछैन त्‍याग्‍नुहुनेछ।

..................................................................................................

  1. Purity—"Create in them a pure heart, O God, and let that purity of heart be shown in their actions."

 (Ps. 51:10)

10हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्, मभित्र एउटा स्‍थिर आत्‍मा पुनर्जीवित पार्नुहोस्

1 PET 1:15-16,  15तर तिमीहरूलाई बोलाउनुहुने जस्‍तो पवित्र हुनुहुन्‍छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, 16किनभने यो लेखिएको , “तिमीहरू पवित्र होओ, किनभने पवित्र छु।

……………………………………………………..

  1. Kindness—"Lord, may my children always try to be kind to each other and to everyone else."

 (1 Thess. 5:15)

15याद राख, कसैले खराबीको बदलामा खराबी नगरोस्, तर एउटाले अर्को सबैसँग सधैँ भलाइ गर्ने चेष्‍टा गर।

 .....................................................................................

 

   DATE - AUGUST 18, 2024

  LEADING - SUNITA

  SERMON - SIMON THAPA             

- SUBJECT - WHAT CHURCH NEEDS ?  ( 1-7 )

  1. Salvation—"Lord, let salvation spring up within my children, that they may obtain the salvation that is in Christ Jesus, with eternal glory."

…………………………..

(Isa. 45:8; “You heavens above, rain down my righteousness;
    let the clouds shower it down.
Let the earth open wide,
    let salvation spring up,
let righteousness flourish with it;
    I, the Lord, have created it.

““हे माथिको आकाश, धार्मिकताको वृष्‍टि खन्‍या। बादलले त्‍यो बर्साओस् पृथ्‍वी विस्‍तृत रूपमा खोलिओस्, मुक्ति उत्‍पन्‍न होस्, धार्मिकता साथसाथै बढ् पाओस् , परमप्रभुले नै यो सृष्‍टि गरेको हुँ।यशैया 45:8 NNRV

…………………………………………………………

 2 Tim. 2:10)2 तिमोथी 2:10 यसैकारण यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ।

  1. Growth in Grace—"I pray that my children may grow in the grace and knowledge of our Lord and Savior Jesus Christ."

 (2 Pet. 3:18) “तर हाम्रा प्रभु मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह ज्ञानमा बढ्दैजाओ। उहाँलाई अहिले सदासर्वदा महिमा होस् आमेन। पत्रुस 3:18 NNRV

 

  1. Love"Grant, Lord, that my children may learn to live a life of love, through the Spirit who dwells in them. (Gal. 5:25;Eph. 5:2)

हामी पवित्र आत्‍माद्वारा जिउँछौं भने आत्‍माकै अनुसार हिँड़ौं।गलाती 5:25 NNRV

 

 तिमीहरू प्रेममा चल, जसरी ख्रीष्‍टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, परमेश्‍वरको निम्‍ति सुगन्‍धित भेटी बलिदान भएर आफैलाई हाम्रा निम्‍ति अर्पण गर्नुभयो।एफिसी 5:2 NNRV

……………………………………………………………….

  1. Honesty and Integrity"May integrity and honesty be their virtue and their protection."

 (Ps. 25:21) 21ईमानदारी सोझोपनले मलाई सुरक्षित राखून्, किनकि तपाईंमा आशा राख्‍तछु।

 

  1. Self-Control"Father, help my children not to be like many others around them, but let them be alert and self-controlled in all they do.

"(1 Thess. 5:6)> 6. Love for God's Word"May my children grow to find Your Word more precious than much pure gold and sweeter than honey from the comb.

 6यसकारण अरूहरूझैँ हामी नसुतौं, तर जागा बसौं, सचेत होऔं। "(1 Thess. 5:6)

 

  1. Justice"God, help my children to love justice as You do and act justly in all they do." – Mannerly – Honestly – Fairly - /
  2. 11:7, 7किनभने परमप्रभु धर्मी हुनुहुन्‍छ, धार्मिक कामहरू उहाँ मन पराउनुहुन्‍छ। सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन्

 Mic. 6:8) 8 मानिस, जे असल , त्‍यो उहाँले तँलाई देखाउनुभएको छ। परमप्रभुले तँबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू कृपालाई प्रेम गर्नू तेरा परमेश्‍वरसित विनम्र भएर हिँड्नू।

Welcome to - Ps. Simon's Sermon on Encouragement

July 20th , 2024

Leading - Suk Maya

Worship - Anjana

Sermon - Simon 

Subject - Be Careful

 नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।कलस्सी 4:6

 Let your speech always be with grace, seasoned with salt, that you may know how you ought to answer each one.

Col 4:6 "Continue steadfastly in prayer, being watchful in it with thanksgiving

…………………………………………………….

 व्‍यवस्‍थाको यो पुस्‍तक तेरो ओठबाट नहटोस्, तर त्‍यसमाथि तैंले दिनरात ध्‍यान गर्नू अनि त्‍यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, तेरा सबै मार्गहरूमा तैंले उन्‍नति गर्नेछस् सफलता पाउनेछस्यहोशू 1:8 NNRV

 Joshua 1:8 This book of the law shall not depart out of your mouth, but you shall meditate thereon day and night, that you may observe to do according to all that is written therein: for then you shall make your way prosperous, and then you shall have good success. ……….

……………………………………………

 "Be careful to obey all the instructions Moses gave you

…………………………………………………

 मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून् भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था अगमवक्ताका शिक्षाको सारांश हो।मत्ती 7:12 NNRV

 Therefore whatever you desire for men to do to you, you shall also do to them; for this is the law and the prophets. Matthew 7:12

"In everything you do, be careful to treat others in the same way you'd want them to treat you"

Heb 3:12 – 19,  12भाइ हो, होश गर, तिमीहरूमध्‍ये कसैमा भएको दुष्‍ट अविश्‍वासी हृदयले तिमीहरूलाई जीवित परमेश्‍वरबाट टाढ़ा नलैजाओस्

12 See to it, brothers and sisters, that none of you has a sinful, unbelieving heart that turns away from the living God.

 13जबसम्‍मआजको दिनभन्‍ने कुरा , तबसम्‍म एउटाले अर्कालाई अर्ती देओ, पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्

13 But encourage one another daily, as long as it is called “Today,” so that none of you may be hardened by sin’s deceitfulness. 

 14यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्‍त्‍यसम्‍मै दृढ़तासाथ थामिराख्‍यौं भने, हामी ख्रीष्‍टका सहभागी भएका छौं। 

14 We have come to share in Christ, if indeed we hold our original conviction firmly to the very end. 

15धर्मशास्‍त्रले भन्‍दछ

आजै तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने

विद्रोहका दिनमा जस्‍तै गरी आफ्‍नो हृदय कठोर नपार।

 15 As has just been said:

“Today, if you hear his voice,
    do not harden your hearts
    as you did in the rebellion.”[

 

16सुन्‍नेहरू को थिए, जसले सुनेर पनि विद्रोह गरे? के ती सब तिनीहरू नै होइनन् , जो मोशाको नेतृत्‍वमा मिश्रदेशबाट निस्‍किआएका थिए?  

16 Who were they who heard and rebelled? Were they not all those Moses led out of Egypt?

17कोसँग उहाँ चालीस वर्षसम्‍म क्रोधित हुनुभयो? के ती पाप गर्नेहरूसँग होइन, जुनहरू उजाड-स्‍थानमा मरेर गएका थिए

17 And with whom was he angry for forty years? Was it not with those who sinned, whose bodies perished in the wilderness?

18आज्ञा नमान्‍नेहरू नै उहाँको विश्राममा कहिल्‍यै पस्‍न पाउनेछैनन् भनी उहाँले शपथ खानुभएको होइन

18 And to whom did God swear that they would never enter his rest if not to those who disobeyed?

19यसैले हामी देख्‍तछौं, अविश्‍वासको कारणले नै तिनीहरू पस्‍न सकेनन्

19 So we see that they were not able to enter, because of their unbelief.

.............................................................................................................................................................................................................

July 7th , 2024

Leading - Bal Tmg

Worship - Chhunu

2 Chr 7:14 . “यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।”‭‭२ इतिहास‬ ‭7‬:‭14‬ ‭NNRV‬‬

Sermon - Simon Thapa

Subject - Encouragement

COL 2:2, “कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्साहित होऊन्, र पक्का समझका परिपूर्णताको सम्पत्ति र परमेश्वरका रहस्यको ज्ञान, अर्थात्‌ ख्रीष्टलाई प्राप्त गरून्‌।”‭‭कलस्सी‬ ‭2‬:‭2‬ ‭NNRV‬‬

IS 51:12, ““तिमीहरूलाई सान्त्वना दिने म नै हुँ। मरणशील मानिसदेखि, घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तँ को होस्‌?”‭‭यशैया‬ ‭51‬:‭12‬ ‭NNRV‬‬

REV 7:16-17, 16तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्,सूर्यको राप अथवा कुनै प्रचण्ड ताप तिनीहरूमाथि पर्नेछैन,17किनकि सिंहासनको बीचमा हुनुहुने थुमातिनीहरूका गोठालो हुनुहुनेछ,र तिनीहरूलाई डोर्याएर जिउँदो पानीको स्रोतसम्म लानुहुनेछ,र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”

...................................................................

SERMON – SIMON /2020

1st Online Service GBCA

यशैया 8:17हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पर्खिनेछौं। परमप्रभु याकूबको परिवारले गर्दा लज्जित हुनु भयो। उहाँले तिनीहरूलाई भेट्ने इच्छा त्याग्नु भयो। तर म परमप्रभुलाई पर्खिनेछु। उहाँले हामीलाई बचाउनु हुनेछ।

Is 8:17, And I will be waiting for the Lord, whose face is veiled from the house of Jacob, and I will be looking for him.मत्ती 4:23येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।Mt 4:23 , And Jesus went about in all Galilee, teaching in their Synagogues and preaching the good news of the kingdom, and making well those who were ill with any disease among the people.मत्ती 4:24 उहाँको कीर्ति सिरियाभरि फिंजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षवात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो।Mt 4:24 ,And news of him went out through all Syria; and they took to him all who were ill with different diseases and pains, those having evil spirits and those who were off their heads, and those who had no power of moving. And he made them well.प्रस्थान 15:26परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”Ex 15:26, And he said, If with all your heart you will give attention to the voice of the Lord your God, and do what is right in his eyes, giving ear to his orders and keeping his laws, I will not put on you any of the diseases which I put on the Egyptians: for I am the Lord your life-giver.व्यवस्था 7:15परमप्रभुले तिमीहरूलाई रोगी हुनबाट बचाउँनु हुनेछ। परमप्रभुले मिश्रमा तिमीहरूसँग भएको कुनै भयंकर रोग तिमीहरूलाई हुन दिनुहुने छैन। तर परमप्रभुले तिमीहरूका शत्रुहरूलाई ती रोग हुन दिनुहुनेछ।Deut 7:15, And the Lord will take away from you all disease, and will not put on you any of the evil diseases of Egypt which you have seen, but will put them on your haters.व्यवस्था 7:15परमप्रभुले तिमीहरूलाई रोगी हुनबाट बचाउँनु हुनेछ। परमप्रभुले मिश्रमा तिमीहरूसँग भएको कुनै भयंकर रोग तिमीहरूलाई हुन दिनुहुने छैन। तर परमप्रभुले तिमीहरूका शत्रुहरूलाई ती रोग हुन दिनुहुनेछ।Deut 7:15, And the Lord will take away from you all disease, and will not put on you any of the evil diseases of Egypt which you have seen, but will put them on your haters.“परमप्रभु मसित बोल्नुभयो। उहाँले भन्नुभयो, “ए मरणशील मानिस, इस्राएलका शासकहरूका विरुद्धमा बोल्। तिनीहरूलाई अगमवाणी सुना र म सार्वभौम परमप्रभुले के भन्दै छु, त्यो तिनीहरूलाई भन्। ए इस्राएलका गोठालाहरू हो, तिमीहरूको विनाश हुन्छ, तिमीहरू आ-आफ्नो मात्रै वास्ता गर्छौ तर भेडाहरूको चाहिँ वास्तै गर्दैनौ। तिमीहरूले तिनीहरूका दूध पिउँछौ, तिनका ऊनले बनेका वस्त्र पहिरन्छौ र मोटा-मोटा भेडाहरू काटेर खान्छौ। तर भेडाहरूको भने कहिलै वास्ता नै गर्दैनौ। तिमीहरूले कमजोर भेडाहरूलाई बलियो बनाएका छैनौ। बिरामीहरूलाई निको पारेका छैनौ, चोट परेकाहरूलाई मलम-पट्टी लगाएका छैनौ, बाटो बिराएकाहरूलाई फर्काई ल्याएका छैनौ र हराएकाहरूलाई खोजेका छैनौ। बरु तिमीहरूले निर्दयी व्यवहार पो गरेका छौ। भेडाको गोठालो नभएकोले तिनीहरू छरपष्ट भए र जङ्गली जनावरहरूको शिकार भए।”‭‭इजकिएल‬ ‭34:1-5‬ ‭सरल नेपाली‬‬ इजकिएल 34:4Ezekiel 34:4, You have not made the diseased ones strong or made well that which was ill; you have not put bands on the broken or got back that which had been sent away or made search for the wandering ones; and the strong you have been ruling cruelly.मत्ती 25:36नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लुगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’Mt 25:36, I had no clothing, and you gave it to me: when I was ill, or in prison, you came to me.“तब परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “आगोको भट्टीबाट एकदुई मुट्ठी खरानी लेओ। मोशाले ती खरानी राजाको अघि हावामा छरोस्। खरानी मसिनो धुलाझैँ भएर सारा मिश्रदेशभरि फैलिनेछ र सबै मानिस र पशुहरूका शरीरमा पिलो निस्कनेछ। ती पिलाहरू फुटेर घाउखटिरा बन्नेछन्।” यसरी ती दुई खरानी लिएर राजाकहाँ गए। मोशाले खरानी हावामा फ्याँकिदिए र त्यो खरानीले सबै मानिस र पशुहरूका शरीरमा पिलो उब्जाइदियो। पिलो फुटेर घाउखटिरा भयो।”‭‭प्रस्थान‬ ‭9:8-10‬ ‭सरल नेपाली‬‬“मैले धेरै अचम्मका थोकहरू देखें भनी घमण्डले फुलिनबाट रोक्न मलाई शरीरमा काँडाले घोच्ने एउटा पीडा दिइयो। यसले शैतानको दूतझैँ भएर चस-चस बिझाई मलाई घमण्ड गर्नबाट रोक्छ। मैले प्रभुसँग तीन पटकसम्म यसलाई निको पारिदिनुहोस् भनेर बिन्ती चढाएँ। तर उहाँले भन्नुभयो, “तिमीलाई मेरो अनुग्रह भए पुग्छ। मेरो शक्ति कमजोरीमा पूरा हुन्छ।” त्यसो हुँदा ख्रीष्टको शक्ति ममा रहोस् भनेर कमजोर भएकोमा झन् धेरै खुसीले म घमण्ड गर्दछु। त्यसैले ख्रीष्टको लागि म कमजोरी हुँदा, हेला गरिंदा, अप्ठ्यारोमा पर्दा, सताइँदा, दु:ख पाउँदा खुसी हुन्छु किनभने जब म कमजोर छु, तब म शक्तिशाली हुन्छु।”‭‭२ कोरिन्थी‬ ‭12:7-10‬ ‭सरल नेपाली‬

3rd Online Service GBCA Sermon - Simon र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!””‭‭यूहन्ना‬ ‭12:13‬ ‭NNRV‬‬जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको बेथफागेमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, “तिमीहरू सामुन्नेको गाउँमा जाओ। त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछेड़ो बाँधिएका भेट्टाउनेछौ। तिनलाई फुकाएर मकहाँ ल्याओ। कसैले तिमीहरूलाई केही भन्यो भने, ‘प्रभुलाई यिनको जरूरत छ’ भन्नू र त्यसले तुरुन्तै ती पठाइदिनेछ।” अगमवक्ताद्वारा बोलिएको वचन पूरा होस्‌ भनेर यो भएको हो, “सियोनकी छोरीलाई भन, हेर, तिम्रा राजा तिमीकहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्चा, एउटा बछेड़ामाथि।” तब चेलाहरू गए, र येशूले तिनीहरूलाई अह्राएबमोजिम गरे। तिनीहरूले गधा र त्यसको बच्चा ल्याए, र तीमाथि आफ्ना लुगाफाटा ओछ्याए, र उहाँ त्यसमाथि बस्नुभयो। भीड़मा धेरैले आफ्ना वस्त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए। उहाँको अगि र पछि लागेका भीड यसो भन्दै कराए, “दाऊदका पुत्रलाई होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ! परमधाममा होसन्ना!’”‭‭मत्ती‬ ‭21:1-9‬ ‭NNRV‬‬“जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए। तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।””‭‭प्रेरित‬ ‭1:10-11‬ ‭NNRV‬‬BOOK of PHILEMON Who wrote? Paul To Whom ? Philemon When ? 60 -62 adFrom Where ? Rome Prison Background ? Slavery Why ? Forgiveness “ख्रीष्ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, हाम्रा प्रिय सहकर्मी फिलेमोन, हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस, र तिम्रो घरका मण्डलीलाई: तिमीहरूलाई अनुग्रह र हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट शान्ति! मेरा प्रार्थनाहरूमा जब म तिमीलाई स्मरण गर्दछु तब म मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु, किनकि प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेमको विषयमा सुन्दछु। म प्रार्थना गर्दछु कि तिम्रो विश्वासको सहभागिताले ख्रीष्टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्‌। मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्‌। तिमीले के गर्नुपर्ने हो, सो गर्न आज्ञा दिनलाई ख्रीष्टमा मलाई साहस भए तापनि, प्रेमको खातिर म तिमीलाई बरु अनुरोध गर्न चाहन्छु, म वृद्ध पावल, अनि अहिले ख्रीष्ट येशूको एक कैदी मेरा छोरा ओनेसिमसको निम्ति म निवेदन गर्दछु, जसको निम्ति मेरो कैदी अवस्थामा म पिता बनेको छु। तिनी अगाडि तिम्रो निम्ति बेकम्मा थिए, तर अहिले तिम्रो निम्ति र मेरो निम्ति पनि काम लाग्ने भएका छन्‌। म तिनलाई, जो मेरो आफ्नै हृदयको टुक्रा हो, तिमीकहाँ फर्काइपठाउँदैछु। तिनलाई मसँगै राख्न म खुशी हुनेथिएँ, किनकि सुसमाचारको निम्ति मेरो बन्दी अवस्थामा तिम्रो सट्टामा तिनले मेरो सेवा गर्न सक्तथिए, तर तिम्रो अनुमतिविना म केही गर्न चाहन्नँ, ताकि तिम्रो भलाइ करकापले गरिएको नहोस्, तर तिम्रो आफ्नै स्वइच्छाले गरिएको होस्‌। शायद तिमीबाट केही समयको निम्ति तिनी अलग्ग भएका थिए, ताकि तिनी सधैँको निम्ति तिमीसँग बस्न सकून्‌— अब उसो कमाराजस्तो होइन, तर कमाराभन्दा बढ़ी, प्रिय भाइजस्तै, विशेष गरी मेरो निम्ति, तर झन्‌ बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्ति। यसैले यदि तिमीले मलाई आफ्नै साझेदार सम्झन्छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। यदि तिनले तिमीलाई केही खराबी गरेकै भए पनि, अथवा केही कुराको तिनी ऋणी छन्‌ भने, सो मेरो हिसाबमा राखिदेऊ। म पावल, आफ्नै हातले यो लेख्तछु। त्यो ऋण म स्वयम्‌ तिरिदिनेछु। तिमीलाई भनिरहनुपर्दैन होला, कि आफ्नै निम्ति पनि तिमी मेरो ऋणी छौ। प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्ने म चाहन्छु। ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ। तिम्रो आज्ञापालनमा भरोसा राखी मैले मागेको भन्दा झन्‌ बढ़ी गर्नेछौ भन्ठानेर म तिमीलाई लेख्दैछु। साथै मेरो निम्ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्ने आशा गर्दछु। येशू ख्रीष्टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्‌। त्यसै गरी सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि। प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्‌।”‭‭फिलेमोन‬ ‭1:1-25‬ ‭NNRV‬‬

6th Online Service GBCA 4/26/2020

“फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर जमिनको धूलोमा हिर्काउनुहोस्, र ती मिश्रभरि भुसुना बनिऊन्‌’।” तिनीहरूले त्यसै गरे। जब हारूनले लहुरो लिएर आफ्नो हात पसारेर जमिनको धूलोमाथि हिर्काए, तब मानिसहरू र पशुहरूमा भुसुना लागे। सारा मिश्रभरिको धूलो भुसुनै-भुसुना भयो। ती जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा भुसुना ल्याउन खोजे, तर सकेनन्‌। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे। तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्वरकै हात छ।” तर परमप्रभुले भन्नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌। फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्यसको सामु हाजिर हो। त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे। मेरा प्रजालाई जान दिइनस्‌ भने, हेर्, तँ, तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हूलका हूल झीँगा पठाउनेछु, र मिश्रीहरूका घर-घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हूलका हूल झीँगा थुप्रिनेछन्‌। “‘तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्नेछस्‌ कि म, परमप्रभु यस देशमा छु। यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्नता ल्याउनेछु। यो आश्चर्यपूर्ण चिन्ह भोलि हुनेछ’।” अनि परमप्रभुले त्यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो। तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू गएर यही देशभित्र आफ्ना परमेश्वरको निम्ति बलि चढ़ाओ।” तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन, किनकि परमप्रभु हाम्रा परमेश्वरको निम्ति हामीले चढ़ाउने बलिदेखि मिश्रीहरू घीन मान्छन्‌। मिश्रीहरूकै आँखाका सामुन्ने उनीहरूले घीन गर्ने बलि हामीले चढ़ायौं भनेता उनीहरूले हामीलाई ढुङ्गाले नहान्लान्‌? हामी तीन दिनको बाटो गएर उजाड़-स्थानमा परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम उहाँको निम्ति हामीले बलि चढ़ाउनुपर्छ।” फारोले भने, “म तिमीहरूलाई उजाड़-स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति बलि चढ़ाउनलाई जान त दिनेछु, तर धेरै टाढ़ाचाहिँ नजाओ। अब मेरो निम्ति बिन्ती चढ़ाइदेओ।” मोशाले भने, “म तपाईंबाट बाहिर जानासाथ, फारो र तपाईंका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झीँगाका हूल हटून्‌ भनी म प्रार्थना गर्नेछु। तर परमप्रभुको निम्ति बलि गर्न जान नदिएर फारोले फेरि-फेरि छल नगर्नुहोला।” तब मोशा फारोकहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्ती गरे। अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो, र फारो र उनका अधिकारीहरू र उनका प्रजाकहाँबाट ती झीँगाका हूल एउटै पनि नरहने गरी हटे। तर यस पल्ट पनि फारोले आफ्नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्‌।”‭‭प्रस्थान‬ ‭8:16-32‬ ‭NNRV‬‬

8th – ONLINE SERVICE05/10/2020Revision र उहाँले भन्नुभयो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका कुरा ध्यानसित सुन्यौ, उहाँको दृष्टिमा जे ठीक छ सो गर्यौ, र उहाँका आज्ञाहरूमा ध्यान लगायौ, र उहाँका सबै विधिहरू मान्यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, तीमध्ये एउटै पनि तिमीहरूमाथि ल्याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।””‭‭प्रस्थान‬ ‭15:26‬ ‭NNRV‬‬CANADA ;“किनकि जस्तो शरीर एक छ, र त्यसका धेरै अङ्गहरू हुन्छन्, र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीरचाहिँ एउटै हुन्छ, ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ। किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौं— यहूदी वा ग्रीक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो। किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्छ। यदि खुट्टाले “म हात होइनँ, यसैले म शरीरको अङ्ग होइन” भन्यो भने, के त्यो शरीरको अङ्ग हुँदैन र? र कानले “म आँखा होइनँ, यसैले म शरीरको अङ्ग होइनँ” भन्यो भने, त्यो शरीरको अङ्ग हुँदैन र? यदि जम्मै शरीर आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि जम्मै शरीर कान हुँदो हो त सुँघ्‌ने कहाँबाट? तर परमेश्वरले आफ्नो इच्छाबमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनुभएको छ। यदि ती जम्मै एउटै अङ्ग हुँदा हुन्‌ त शरीर कहाँ हुने? तर अङ्गहरू धेरै छन्, तापनि शरीरचाहिँ एउटै। आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्न सक्दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्छन्‌। शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्त्वका ठान्छौं, तिनलाई हामी बढ्‌ता आदर दिन्छौं। प्रत्यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई हामी बढ़ी भद्रतासाथ राख्छौं, प्रत्यक्ष देखाउन सकिने हाम्रा अङ्गहरूलाई त्यस्तो हिफाजत चाहिँदैन। तर परमेश्वरले हाम्रो शरीरलाई यसरी मिलाउनुभएको छ कि हीन अङ्गहरूलाई बढ़ी आदर प्रदान गर्नुभएको छ, ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्ति समान वास्ता राखून्‌। यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँछन्‌। तिमीहरू ख्रीष्टका शरीर हौ, र हरेक त्यसका अङ्गहरू हौ।”‭‭१ कोरिन्थी‬ ‭12:12-27‬ ‭NNRV‬‬

9th ONLINE SERVICES GBCA१ - बिपती“तब परमप्रभुले मोशालाई भन्नुभयो, फारोको हृदय कठोर भएको छ। त्यसले मानिसहरूलाई जान दिँदैन। तँचाहिँ बिहानै फारो नदीतिर गइरहेको बेलामा त्यसकहाँ जा। नील नदीको किनारमा त्यसलाई भेट्‌न उभिरहनू, र त्यो साँप बनेको लहुरो पनि हातमा लैजा। त्यसलाई यसो भन्नू, “परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई यसो भनेर तपाईंकहाँ पठाउनुभएको छ: ‘मेरा प्रजालाई उजाड़-स्थानमा मेरो आराधना गर्नलाई जान दे। तर तैंले अहिलेसम्म मानिनस्‌। यसकारण परमप्रभु भन्नुहुन्छ: म परमप्रभु हुँ भन्ने कुरा तैंले यसरी थाहा पाउनेछस्‌। हेर्, म नील नदीको पानी मेरो हातमा भएको लहुरोले हिर्काउनेछु, र त्यो रगत बन्नेछ। अनि नदीका माछा मर्नेछन्, र नदी साह्रै गन्हाएको कारण मिश्रीहरूले त्यसको पानी खान सक्नेछैनन्‌’।” फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर मिश्रमा जति पानी छ, अर्थात्‌ खोला, कुला र पोखरीका पानी रगत भइजाऊन्‌ भनी ती सबैमाथि तपाईंको हात पसार्नुहोस्‌।’ अनि तिनीहरू रगत हुनेछन्‌। मिश्रभरि भएको पानी, काठ अथवा ढुङ्गाका घड़ाहरूको पानीसमेत रगत हुनेछ।” तब मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्मै पानी रगत भइहाल्यो। नील नदीका माछाहरू मरे, र नदी गन्हाउन लाग्यो, र मिश्रीहरूले नदीको पानी खान सकेनन्‌। मिश्रको सबै पानी रगत भयो। तर मिश्रका जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा त्यसै गरे। अनि परमप्रभुले भन्नुभएझैँ फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌। तब फारो फर्केर आफ्नो महल गए, अनि उनले यस कुराको ख्यालै पनि राखेनन्‌। सारा मिश्रीहरूले नीलको वरिपरि पानीको लागि खन्न लागे, किनभने नील नदीको पानी खान सकिँदैनथ्यो। परमप्रभुको प्रहार नदीमाथि सात दिन रह्यो।”‭‭प्रस्थान‬ ‭7:14-25‬ ‭NNRV‬‬२ - बिपती“फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “गएर फारोलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे। तैंले तिनीहरूलाई जान दिइनस्‌ भने म तेरो सारा देशलाई भ्यागुताहरू पठाएर सताउनेछु। अनि नील नदी भ्यागुताले भरिनेछ, र ती तेरो महल, तेरो सुत्ने कोठा, तेरो पलङ्ग, तेरा अधिकारीहरूका घर-घरमा र तेरा प्रजामाथि, र तेरा चुलाहरू र पीठो मुछ्‌ने आह्रीहरूमा आउनेछन्‌। ती भ्यागुताहरू तँ र तेरा प्रजाहरू, र तेरा सारा अधिकारीहरूमाथि पनि आउनेछन्‌’।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस्, र मिश्रभरि भ्यागुताहरू आऊन्‌’।” यसैले हारूनले आफ्नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्यागुताहरू निस्केर मिश्रदेशै ढाके। तर जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा त्यसै गरे, र मिश्रमा भ्यागुताहरू निकाले। तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए, र भने, “परमप्रभुसित बिन्ती गर, कि उहाँले म र मेरा प्रजाबाट भ्यागुताहरू लैजाऊन्, अनि परमप्रभुको निम्ति बलि चढ़ाउनलाई तिम्रा मानिसलाई म जान दिनेछु।” मोशाले फारोलाई भने, “हुकुम गर्नुहोस्, कुन बेला म तपाईं र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति बिन्ती गरूँ, र भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट नष्ट भएर जाऊन्‌ र नील नदीमा मात्रै रहून्‌?” उनले भने, “भोलि।” मोशाले भने, “तपाईंको वचनअनुसार होस्, र तपाईंले जान्नुहोला कि परमप्रभु हाम्रा परमेश्वरजस्तो अरू कोही छैन। भ्यागुताहरू तपाईं र तपाईंका घरहरू र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाबाट फर्केर जानेछन्, र केवल नील नदीमा मात्र रहनेछन्‌।” तब मोशा र हारून फारोकहाँबाट निस्केर गए। परमप्रभुले फारोमाथि पठाउनुभएका भ्यागुताहरूका बारेमा मोशाले पुकारा गरे। अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो। भ्यागुताहरू घर, आँगन र मैदानमा मरे। मानिसहरूले ती बटुलेर थुप्रो लगाए, र देश गन्हाउन लाग्यो। तर जब फारोले सबै शान्त भएका देखे, तब परमप्रभुले भन्नुभएझैँ उनले आफ्नो हृदय कठोर पारे, र मोशा र हारूनका कुरा सुनेनन्‌।”‭‭प्रस्थान‬ ‭8:1-15‬ ‭NNRV‬‬३ - बिपती“फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर जमिनको धूलोमा हिर्काउनुहोस्, र ती मिश्रभरि भुसुना बनिऊन्‌’।” तिनीहरूले त्यसै गरे। जब हारूनले लहुरो लिएर आफ्नो हात पसारेर जमिनको धूलोमाथि हिर्काए, तब मानिसहरू र पशुहरूमा भुसुना लागे। सारा मिश्रभरिको धूलो भुसुनै-भुसुना भयो। ती जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा भुसुना ल्याउन खोजे, तर सकेनन्‌। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे। तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्वरकै हात छ।” तर परमप्रभुले भन्नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌।”‭‭प्रस्थान‬ ‭8:16-19‬ ‭NNRV‬‬४ - बिपती“फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्यसको सामु हाजिर हो। त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे। मेरा प्रजालाई जान दिइनस्‌ भने, हेर्, तँ, तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हूलका हूल झीँगा पठाउनेछु, र मिश्रीहरूका घर-घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हूलका हूल झीँगा थुप्रिनेछन्‌। “‘तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्नेछस्‌ कि म, परमप्रभु यस देशमा छु। यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्नता ल्याउनेछु। यो आश्चर्यपूर्ण चिन्ह भोलि हुनेछ’।” अनि परमप्रभुले त्यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो। तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू गएर यही देशभित्र आफ्ना परमेश्वरको निम्ति बलि चढ़ाओ।” तर मोशाले भने, “यसो गर्नु ठीक हुँदैन, किनकि परमप्रभु हाम्रा परमेश्वरको निम्ति हामीले चढ़ाउने बलिदेखि मिश्रीहरू घीन मान्छन्‌। मिश्रीहरूकै आँखाका सामुन्ने उनीहरूले घीन गर्ने बलि हामीले चढ़ायौं भनेता उनीहरूले हामीलाई ढुङ्गाले नहान्लान्‌? हामी तीन दिनको बाटो गएर उजाड़-स्थानमा परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम उहाँको निम्ति हामीले बलि चढ़ाउनुपर्छ।” फारोले भने, “म तिमीहरूलाई उजाड़-स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति बलि चढ़ाउनलाई जान त दिनेछु, तर धेरै टाढ़ाचाहिँ नजाओ। अब मेरो निम्ति बिन्ती चढ़ाइदेओ।” मोशाले भने, “म तपाईंबाट बाहिर जानासाथ, फारो र तपाईंका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झीँगाका हूल हटून्‌ भनी म प्रार्थना गर्नेछु। तर परमप्रभुको निम्ति बलि गर्न जान नदिएर फारोले फेरि-फेरि छल नगर्नुहोला।” तब मोशा फारोकहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्ती गरे। अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो, र फारो र उनका अधिकारीहरू र उनका प्रजाकहाँबाट ती झीँगाका हूल एउटै पनि नरहने गरी हटे। तर यस पल्ट पनि फारोले आफ्नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्‌।”‭‭प्रस्थान‬ ‭8:20-32‬ ‭NNRV‬‬५ - बिपती“फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ: मेरा प्रजालाई मेरो आराधना गर्नलाई जान दे। तैंले तिनीहरूलाई जान दिन अस्वीकार गरिस्‌ र अझै रोकेर राखिस्‌ भने, खेत-मैदानमा भएका तेरा पशुहरू, अर्थात्‌ घोड़ा, गधा, ऊँट, गाईबस्तुहरू र भेड़ाबाख्राहरूमाथि परमप्रभुको हात पर्नेछ, र त्यहाँ भयानक रूढ़ी आउनेछ। तर परमप्रभुले इस्राएलका गाईबस्तु र मिश्रका गाईबस्तुमा भेद राख्नुहुनेछ, र इस्राएलीहरूको एउटै पनि पशु मर्नेछैन’।” परमप्रभुले यसो भनेर एक निश्चित समय ठहराउनुभयो, “भोलि नै यस देशमा परमप्रभुले यो काम गर्नुहुन्छ।” अनि भोलिपल्ट परमप्रभुले त्यो काम गर्नुभयो, र मिश्रका सबै गाईबस्तु मरे, तर इस्राएलीहरूको एउटै पनि गाईबस्तु मरेन। फारोले सो हेर्नलाई मानिसहरू पठाए, तर इस्राएलीहरूका गाईबस्तुहरूमध्येको एउटै पनि मरेको उनीहरूले देखेनन्‌। तापनि फारोको हृदय कठोर भई नै रह्यो, र उनले मानिसहरूलाई जान दिएनन्‌।”‭‭प्रस्थान‬ ‭9:1-7‬ ‭NNRV‬‬६ - बिपती“फेरि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “भट्टीबाट आ-आफ्ना मुट्ठीभरि खरानी लेओ, र मोशाले फारोका आँखाकै सामु यो आकाशतिर छरिदेओस्‌। त्यो सारा मिश्रमा मसिनो धूलो भएर मिश्रका सबै मानिस र पशुका शरीरमा खटिरा बन्नेछन्‌।” तब तिनीहरू भट्टीको खरानी लिएर फारोको सामुन्ने खड़ा भए, र मोशाले हावामा त्यो छरिदिए। अनि मानिस र पशुका शरीरमा खटिरा निस्किआए। जादूगरहरू खटिराको कारणले गर्दा मोशाको सामुन्ने टिक्नै सकेनन्, किनकि जादूगरहरूका शरीरमा र सारा मिश्रीहरूका शरीरमा खटिरा निस्केका थिए। तर परमप्रभुले फारोको हृदय कठोर गराउनुभयो, र परमप्रभुले मोशालाई भन्नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्‌।”‭‭प्रस्थान‬ ‭9:8-12‬ ‭NNR७ - बिपती“फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्ने हाजिर हो, र त्यसलाई भन्, परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ: मेरो आराधना गर्नलाई मेरा प्रजालाई जान दे। नत्रभने यस पल्ट तँमाथि र तेरा अधिकारीहरू र प्रजामाथि पूरा शक्तिमा मेरा सबै विपत्तिहरू म पठाउनेछु, ताकि सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तँलाई थाहा होस्‌। किनकि यदि मैले आफ्नो हात पसारेर तँलाई र तेरा प्रजालाई रूढ़ीले प्रहार गरेको भएदेखि तँ पृथ्वीबाट मेटिनेथिइस्‌। तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई जीवित राखेको छु, कि सारा संसारमा मेरो नाउँको घोषणा होस्‌। अझै पनि मेरो प्रजालाई जान नदिएर तँ आफै खूब ठूलो बन्छस्‌। यसकारण भोलि यसै बेला म यस्तो घोर असिना बर्साउनेछु जो मिश्र स्थापित भएको दिनदेखि अहिलेसम्म बर्सिएको छैन। अब मानिसहरू पठाएर मैदानमा भएका गाईबस्तुहरू र जे-जे छन्, सबै चाँड़ै भित्र्या, किनकि मैदानमा छोड़िएका र घरमा नहुलेको हरेक मानिस र पशुमाथि असिना बर्सिनेछ, र ती मर्नेछन्‌।” फारोका अधिकारीहरूमध्ये जस-जसले परमप्रभुका वचनको डर माने, उनीहरूले आ-आफ्ना नोकरहरू र गाईबस्तुहरूलाई घरभित्र हुले। तर परमप्रभुका वचनको वास्ता नगर्नेचाहिँले आ-आफ्ना नोकरहरू र गाईबस्तुहरू मैदानमा नै रहन दिए। तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र सारा मिश्रभरि असिना परोस्‌— मिश्रभरिका मानिस, पशु, बारीमा उम्रने सबैमा असिना बर्सोस्‌।” तब मोशाले आफ्नो लहुरो आकाशतिर पसारे, र परमप्रभुले गर्जन र असिना पठाउनुभयो, र पृथ्वीसम्म बिजुली चम्क्यो। अनि परमप्रभुले मिश्रमा असिना बर्साउनुभयो। असिना पर्यो र बिजुली चम्क्यो। यस्तो त मिश्र राष्ट्रको प्रारम्भदेखि भएको थिएन। असिनाले सारा मिश्रभरिका मैदानका मानिस र पशु दुवैलाई चुट्यो। असिनाले बारीमा उम्रेका सबैलाई चुट्यो र सबै रूखहरू नाङ्गा पार्यो। केवल इस्राएलीहरू भएको गोशेन प्रदेशमा असिना परेन। तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “यस पल्ट मैले पाप गरें। परमप्रभु धर्मी हुनुहुन्छ, म र मेरा प्रजा गलत रहेछौं। परमप्रभुलाई बिन्ती गरिदेऊ, किनकि यो गर्जन र असिना अति भयो। म तिमीहरूलाई जान दिनेछु। तिमीहरू अब कति पनि बस्नुपर्दैन।” मोशाले उनलाई जवाफ दिए, “सहरबाट निस्कने बित्तिकै म परमप्रभुतिर आफ्नो हात पसार्नेछु, र गर्जन थामिनेछ, र असिना बर्सिनेछैन। अनि तपाईं जान्नुहोला कि पृथ्वी परमप्रभुकै हो। तर मलाई थाहा छ, तपाईं र तपाईंका अधिकारीहरूले भने परमप्रभु परमेश्वरको डर अझसम्म मान्नुभएको छैन।” (सनपाट र जौमा असिनाको प्रहार परेको थियो, किनकि जौमा बाला लागिसकेको थियो, र सनपाटचाहिँ फुलिसकेका थिए। तर गहूँ र कठियागहूँमा चाहिँ प्रहार परेन, किनकि तीचाहिँ पछि पाक्छन्‌।) अनि मोशा फारोबाट सहरदेखि निस्केर गए, र परमप्रभुतिर आफ्ना हात पसारे। तब गर्जन र असिना थामियो, र जमिनमा पानी ओइरिएन। तर जब फारोले पानी, असिना र गर्जन थामिएका देखे, तब उनले अझ बढ्‌ता पाप गरे, र उनले र उनका अधिकारीहरूले आफ्ना हृदय कठोर गरे। यसरी फारोको हृदय कठोर भयो, र परमप्रभुले मोशालाई भन्नुभएबमोजिम उनले इस्राएलीहरूलाई जान दिएनन्‌।”‭‭प्रस्थान‬ ‭9:13-35‬ ‭NNRV‬‬८ - बिपती“फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ जा, किनकि उनीहरूका बीचमा मेरा यी चिन्हहरू देखाऊँ भनेर नै मैले त्यो र त्यसका अधिकारीहरूका हृदय कठोर गरेको हुँ, ताकि मैले कसरी मिश्रीहरूको उपहास गरें, र उनीहरूका बीचमा कस्ता-कस्ता चिन्हहरू देखाएँ सो तैंले आफ्ना छोरा-नातिहरूलाई बताउनू, र परमप्रभु म नै हुँ भनी तँलाई थाहा होस्‌।” तब मोशा र हारून फारोकहाँ गएर उनलाई भने, “परमप्रभु हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘कहिलेसम्म तँ मेरो अगि नम्र हुन अस्वीकार गर्छस्‌? मेरा प्रजालाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्‌। तैंले मेरा प्रजालाई जान दिन अस्वीकार गरिस्‌ भने, भोलि म तेरा सिमानाभित्र सलहहरू ल्याउनेछु। तिनीहरूले जमिनको सतह यस्तो गरी ढाक्नेछन्‌ कि जमिन देखिनेछैन। असिनाबाट जोगिएर उब्रेका सबै कुरा तिनीहरूले खानेछन्‌। तिमीहरूका वनमा उम्रेका सबै रूखपात तिनीहरूले खानेछन्‌। तेरा घरमा र तेरा सबै अधिकारीहरूका घरमा र सारा मिश्रीहरूका घरमा ती भरिनेछन्‌। त्यति बिघ्न सलह त तेरा पिता-पुर्खाहरूले यस देशमा आएदेखि आजसम्म कहिल्यै देखेका थिएनन्‌’।” तब मोशा फर्केर फारोबाट निस्केर गए। फारोका अधिकारीहरूले उनलाई भने, “कहिलेसम्म यो मानिस हाम्रा लागि पासो बन्ने? ती मानिसहरूलाई तिनीहरूका परमप्रभु परमेश्वरको आराधना गर्नलाई जान दिनुहोस्‌। मिश्रदेश नष्ट भइसक्यो भन्ने के हजूरलाई थाहा छैन?” अनि मोशा र हारून फारोकहाँ ल्याइए। उनले तिनीहरूलाई भने, “जाओ, परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर। तर जानेहरूचाहिँ को-को हुन्‌?” मोशाले भने, “हामी, हाम्रा केटाकेटी, बूढ़ाबूढ़ी, छोराछोरी, भेड़ाबाख्रा र गाईबस्तुहरू लिएर जानेछौं, किनकि हामीले परमप्रभुको निम्ति चाड़ मान्नुपर्छ।” फारोले भने, “तिमीहरूका परमप्रभु तिमीहरूसँगै रहून्‌। मैले तिमीहरूलाई आफ्ना आइमाई र बालबच्चाहरूसमेत जान दिने? तिमीहरूको मनमा केही दुष्ट अभिप्राय छ। अँहँ, त्यसो हुँदैन। तिमी पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गर, किनकि तिमीहरूले त्यही माग गरेका छौ।” अनि मोशा र हारून फारोको सामुन्नेबाट लघारिए। तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्रमा आऊन्‌ भनी आफ्नो हात पसार्, र ती मिश्रमा आएर असिनाबाट बाँचेका बारीका जम्मै सागपातहरू खाइदेऊन्।” अनि मोशाले आफ्नो लहुरो मिश्रमाथि पसारे, र परमप्रभुले त्यस दिनभरि र रातभरि देशमा पूर्वीय बतास चलाउनुभयो। जब बिहान भयो तब पूर्वीय बतासले सलहहरू ल्याएको थियो। अनि सलहहरू मिश्रमा आए, र सारा देशभरि हूलका हूलमा बसे। त्यतिका सलहहरू न त अघि आएका थिए न पछि फेरि आउनेछन्‌। तिनीहरूले सारा भूमिलाई ढाके, यहाँसम्म कि जमिनै कालो देखियो। अनि तिनीहरूले असिनाबाट बाँचेका, देशका सब सागपात र रूखका सबै फलहरू खाइहाले। मिश्रभरि हरियोपरियो केही रहेन। तब फारोले मोशा र हारूनलाई झट्टै बोलाउन पठाए, र उनले भने, “मैले परमप्रभु तिमीहरूका परमेश्वरको विरुद्धमा र तिमीहरूका विरुद्धमा पाप गरें। यसकारण अब म बिन्ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परमप्रभु आफ्ना परमेश्वरसँग बिन्ती गर, र उहाँले ममाथि आइलागेको यो विपत्ति मबाट हटाइदेऊन्।” तब मोशा फारोकहाँबाट निस्केर गए, र परमप्रभुलाई बिन्ती गरे। अनि परमप्रभुले अति ठूलो पश्चिमी बतास चलाइदिनुभयो, जसले सलहहरूलाई लाल समुद्रतिर उड़ाएर लग्यो, र मिश्रभित्र एउटै पनि सलह रहेन। तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र उनले इस्राएलीहरूलाई जान दिएनन्‌।”‭‭प्रस्थान‬ ‭10:1-20‬ ‭NNRV‬‬९ - बिपती“फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र मिश्रमा अँध्यारो भइजाओस्‌। छाम्दा थाहा पाउनेजस्तो अन्धकार होस्‌।” अनि मोशाले आफ्नो हात आकाशतिर पसारे, र सारा मिश्रमा तीन दिनसम्म निस्पट्ट अन्धकार भयो। तीन दिनसम्म न त कसैले कसैलाई देख्न सक्यो, न कोही आफ्नो ठाउँबाट उठ्‌न सक्यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्यालै रह्यो। तब फारोले मोशालाई बोलाउन पठाए, र भने, “जाओ, तिमीहरू आफ्ना परमप्रभुको आराधना गर। केवल तिमीहरूका भेड़ाबाख्रा र गाईबस्तुहरू छोड़िराख। तिमीहरूका आइमाई र बालबच्चाहरू पनि तिमीहरूसँगै जाऊन्‌।” तर मोशाले भने, “परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलि गर्नलाई तपाईंले हाम्रा हातमा बलिका सामग्री र होमबलि लिन पनि दिनुपर्छ। हाम्रा गाईबस्तुहरू पनि हामीसँगै जानेछन्, र एउटा खुर पनि पछि छोड़िनु हुन्न। तिनीहरूमध्येकै कुनै-कुनै हामीले परमप्रभु आफ्ना परमेश्वरलाई पुज्नलाई चढ़ाउनुपर्नेछ। जबसम्म हामी त्यहाँ पुग्दैनौं तबसम्म हामीलाई थाहा हुँदैन कि के-के चढ़ाएर हामीले परमप्रभुलाई पुज्नुपर्छ।” तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनीहरूलाई जान दिन उनी राजी थिएनन्‌। तब फारोले मोशालाई भने, “मेरो सामुन्नेबाट गइहाल्‌। होशियार बस्, मेरो सामुन्ने फेरि देखा नपर्, किनभने जुन दिन तैंले मेरो मुख हेर्लास्‌ त्यो दिन तँ मर्नेछस्‌।” मोशाले भने, “तपाईंले भन्नुभएजस्तै होस्, म फेरि कहिल्यै तपाईंको मुख हेर्नेछैनँ।””‭‭प्रस्थान‬ ‭10:21-29‬ ‭NNRV‬‬१० - बिपती“तब परमप्रभुले मोशालाई भन्नुभयो, “अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ, र त्यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ। अब मानिसहरूलाई भन्, कि तिनीहरू हरेक पुरुष र स्त्रीले आ-आफ्ना छिमेकीसित सुन र चाँदीका गरगहना मागोस्‌।” (अनि परमप्रभुले मिश्रीहरूलाई ती मानिसहरूप्रति कृपालु बनाइदिनुभयो। त्यसबाहेक मोशा मिश्रदेशमा फारोका अधिकारीहरू र समाजका दृष्टिमा महान्‌ ठानिए।) यसैले मोशाले भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘मध्यराततिर म मिश्रको बीचबाट भएर जानेछु। सिंहासनमा बस्ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिँध्ने कमारीको जेठो छोरासम्म, गाईबस्तुका सबै पहिले बियाएका समेत, मिश्रका पहिले जन्मेका सबै मर्नेछन्‌। सारा मिश्रभरि अघि कहिल्यै नसुनिएको क्रन्दन सुनिनेछ, जो फेरि सुनिनेछैन। तर पशुको विरुद्धमा होस्‌ वा मान्छेको विरुद्धमा होस्‌ इस्राएलीहरूका बीचमा एउटा कुकुर पनि भुक्नेछैन’। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्राएलीहरूमा भेद राख्नुहुन्छ। अनि तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्डवत्‌ गरेर भन्नेछन्, ‘तपाईंका पछि लाग्ने सारा मानिसहरूसमेत तपाईं निस्किजानुहोस्‌।’ त्यसपछि म निस्किजानेछु।” तब मोशा अत्यन्त क्रोधित भएर फारोकहाँबाट गइहाले। परमप्रभुले मोशालाई भन्नुभएको थियो, “मिश्रमा मेरा आश्चर्यका कामहरू अझ बढ्‌दैजाऊन्‌ भनेर फारोले तेरो कुरा सुन्नेछैन।” मोशा र हारूनले यी सबै आश्चर्यका कामहरू फारोको सामु गरे। तर परमप्रभुले फारोको हृदय कठोर गराइदिनुभयो, र उनले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएनन्‌।”‭‭प्रस्थान‬ ‭11:1-10‬ ‭NNRV‬‬

At Grace Decatur Church, we are excited to invite you to Ps. Simon's upcoming sermon on Encouragement. This powerful message will uplift your spirit and inspire you to face life's challenges with faith and hope.

Join us on July 7th, 2024, for an inspiring service

Youth Programs for Spiritual Growth

Our Youth Programs at Grace Decatur Church offer engaging activities and mentorship opportunities for young individuals to grow spiritually. From Bible studies to community service projects, there's something for everyone to connect with their faith.

Get involved in our Youth Programs today

Experience the Power of Encouragement

Join us for Ps. Simon's sermon and discover the strength that comes from faith and encouragement. Let us uplift your spirit and guide you on your spiritual journey.